पार्टीको विवाद उत्कर्षमा प्रचण्ड–नेपाल पक्षले सात वटै प्रदेशका जिल्ला अध्यक्षलाई काठमाण्डु बोलायो

पार्टीको विवाद उत्कर्षमा प्रचण्ड–नेपाल पक्षले सात वटै प्रदेशका जिल्ला अध्यक्षलाई काठमाण्डु बोलायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ पुष २०७७
  • 5.4K
    Shares

नेकपाका नेताहरु क्रमश: प्रचण्ड, माधव नेपाल र केपी ओली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सातवटै प्रदेशका जिल्ला अध्यक्षलाई काठमाण्डुमा बोलाएको छ ।

पार्टीको विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको भेलामा शुक्रबार प्रदेश नम्बर १ का जिल्ला अध्यक्ष र सचिव सहभागी हुने स्रोतले जानकारी दियो । भेलामा अध्यक्ष प्रचण्ड र नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको भेलामा ओली पक्षलाई खबर गरिएको छैन् । सम्भवतः आज पार्टीभित्र गहिरिएको संकटबारे नेतृत्वबाट ब्रिफिङ हुने जानकार बताउछन ।

आजको भेलामा प्रदेश नम्बर १ का १४ जिल्लाका अध्यक्ष, सचिव र सोही प्रदेशबाट केन्द्रीय सदस्यहरु सहभागी हुने नेकपाका एक नेताले जानकारी दिए । क्रमशः अन्य प्रदेशका जिल्ला अध्यक्ष, सचिवलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले आफू इतहरका जिल्लास्तरिय नेताहरुसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया