प्रधान सेनापति पूर्णचन्द्र थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिलाई सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिएका छन्। यो समाचार सेतो पाटीले आज लेखेका छन ।
देशका विभिन्न गण-गुल्महरूको भ्रमण क्रममा प्रधानसेनापति थापाले विप्लप नेतृत्वको नेकपाका गतिविधि पछिल्लो समय हिंसात्मक हुँदै गएको भन्दै ‘अलर्ट’ रहन निर्देशन दिएका छन्।
‘कालीकोटमा जनसरकारको घोषणा गरेका छन्। मोरङमा शिक्षक मारेका छन्। ठाउँठाउँमा विष्फोट समेत गराएका छन्। त्यसैले अब हामी चनाखो हुनुपर्छ भनेर प्रधानसेनापतिले निर्देशन दिनुभएको छ,’ सैनिक स्रोतले भन्यो, ‘कुनै दिन विप्लप नेतृत्वको नेकपाका गतिविधिका कारण सर्प्राइज हुन नपरोस् भनेर सेनाले उनीहरूका गतिविधि सुक्ष्म अध्ययन गरिरहेको छ।’
सैनिक जनसम्पर्क निर्देशनालयले गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहन प्रधानसेनापतिबाट निर्देशन भएको जनाएको छ।