नेपालमा चर्चित खेल पत्रकार बिष्णुहरि घिमिरे अमेरिकामा सिकिस्त बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेपालमा चर्चित खेल पत्रकार बिष्णुहरि घिमिरे अमेरिकामा सिकिस्त बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ मंसिर २०७७
  • 12.1K
    Shares

खेल पत्रकार बिष्णुहरि घिमिरे

नेपालमा चर्चित खेल पत्रकारको रुपमा स्थापित भएर हाल अमेरिकामा सक्रिय पत्रकारिता गरिरहेका नेपाली पत्रकार बिष्णुहरि घिमिरे अमेरिकास्थित पेन्सिलभेनिया ल्यानकास्टारमा रहेको युपीएमसी अस्पतालमा भर्ना भएका छन्।

फोक्सो र मस्तिष्कमा संक्रमण देखिएपछि सिकिस्त अवस्थामा उनलाई तीनदिन अगाडि उपचारका लागी अस्पताल भर्ना गरिएको हो।

नेपालको लमजुङ्गको परेवाडाँडा स्थायी घर भएका घिमिरेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । आज बेलुका उहाँलाई थप उपचारका लागि हर्सी मेडिकल सेन्टर पेन्सिलभेनियामा ट्रान्सफर गरिएको छ ।

उनी नेपालमा रहंदा नेपाल वान टेलिभिजन र कान्तिपुर टेलिभिजनमा खेल पत्रकार रुपमा स्थापित भएका थिए।

यसैबीच अमेरिकाको न्युयोर्क निवासी पत्रकार दिवाकर बागचन्दले लेन्कास्टर बस्दै आउनुभएका पत्रकार घिमिरेको सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी दिदै पत्रकार घिमिरेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

नेपाल अमेरिका पत्रकार संघका पूर्व क्षेत्रीय संयोजक समेत रहेका घिमिरेको अमेरिकामा रहेका नेपाली पत्रकारहरुले स्वास्थ्यलाभको कामना गरिरहेका खसोखास डट कमले समाचार लेखेको छ। नेपाल अमेरिका पत्रकार संघका महासचिव किरण मरहठ्ठाले पनि घिमिरेको स्वास्थ्यलाभको कामना गरे । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले पनि पत्रकार घिमिरेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया