पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत २ जना, मणिपाल हस्पिटलमा उपचाररत १ जना र फिस्टेल हस्पिटलमा उपचाररत १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
मंसिर २४ गते कोरोना पुष्टि भई उपचाररत पोखरा ७ का ६५ वर्षीय पुरुषको मंसिर २४ गते बेलुका ७ :०० बजे तथा मंसिर २२ गते कोरोना पुष्टि भई उपचाररत तनहुँ शुक्लागण्डकी ८ का ७४ वर्षीय पुरुषको मंसिर २५ गते बिहान ३:१५ बजे चरक मेमोरियल हस्पिटलमा उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
त्यसै गरी मंसिर २० गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा-१० का ८१ वर्षीय पुरुषको मंसिर २५ गते बिहान ३:०० बजे तथा मंसिर १९ गते कोरोना पुष्टि भई फिस्टेल हस्पिटलमा उपचाररत पोखरा १३ का ५१ वर्षीया पुरुषको मंसिर २४ गते बिहान ४ :२५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ ।
यसै गरी पोखरामा ६१ सहित गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का ४ पुरुष तथा २ महिला, २ का १ पुरुष तथा ४ महिला, ५ का ३ पुरुष तथा ३ महिला, ६ का १ पुरुष तथा २ महिला, ७ का १ पुरुष ४ महिला ८ की १ महिला, ९ का १ पुरुष, १० का २ पुरुष तथा २ महिला, ११ का १ पुरुष, १२ का १ पुरुष तथा १ महिला, १३ का १ पुरुष, १४ का २ पुरुष तथा १ महिला, १५ का १ पुरुष तथा १ महिला, १६ का २ पुरुष तथा २ महिला, १७ का १ पुरुष ४ महिला, १८ की १ महिला, १९ की १ महिला, २५ का ३ पुरुष , ३२ का १ पुरुष २ महिला, ३३ मा २ पुरुष, रहेका छन् ।
त्यस्तै बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ५ पुरुष तथा ३ महिला, लमजुङ जिल्ला सुन्दरबजार नगरपालिकाका ५ पुरुष तथा ७ महिला, बेँसीशहरका २ पुरुष तथा ४ महिला, नवलपुर जिल्ला बौदीकालीका १ महिला, स्याङ्जा पुतलीबजारका १ पुरुष, गल्याङका १ पुरुष, तनहुँ म्याग्देका १ पुरुष, तनहुँ शुक्ला गण्डकीका ३ पुरुष, गोरखा जिल्ला पालुङटारका २ पुरुष तथा १ महिला, सिरानचोकका २ पुरुष, गोरखा नगरपालिकाकी १ महिला, पर्वत कुश्माका २ पुरुष तथा १ महिला, मुस्ताङ जिल्ला घरपजोङका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ ।