कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा देशभर २१ जनाको मृत्यु भएको छ भने थप एकहजार तीनसय चार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार पाँचसय ८३ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच सय एक महिला र आठसय तीन पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ३४ हजार सातसय ५६ पुगेको छ भने बितेको २४ घण्टामा थप दुईहजार ७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार पाञ्च सय ९४ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित १६ हजार छसय ३३ जना रहेका छन् भने मृतकको संख्या एकहजार पाँच सय २९ पुगेको छ । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।