कोरोनाका कारण पोखरामा एकाबिहानै थप दुई जनाको मृत्यु

कोरोनाका कारण पोखरामा एकाबिहानै थप दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०७७
  • 14K
    Shares

कोरोनाका कारण मृत्यु

कोरोनाका कारण पोखरामा एकाबिहानै थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत थप दुई पुरुषको मृत्यु भएको हो ।

मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत पोखरा १६ की ५७ वर्षीया महिलाको सोमबार बिहान ४ :०० बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायाले जनाएको छ ।

त्यसै गरी मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड – १९ उपचार केन्द्रमा उपचाररत पोखरा ३ का ६५ वर्षीय पुरुषको आइतबार दिउसो ४ : ३३ बजे उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायाले जानकारी दिएको छ। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकसय ५६ पुगेको छ ।

प्रतिक्रिया