कोरोनाकाकारण जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको निधन

कोरोनाकाकारण जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०७७
  • 8.5K
    Shares

गौरीशंकर देव

कोरोना संक्रमणकाकारण सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत ५० वर्षीय गौरीशंकर देवको शनिबार निधन भएको छ ।

सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत देवको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररकै क्रममा निधन भएको हो ।

नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव समेत रहेका देवको शनिबार राती १० : ४० बजे निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्माले स्वास्थ्यमा समस्या भएपछि देवलाई १७ दिन अघि नोवेल अस्पताल लगिएको बताए । ‘जाँदा जाँदै आईसीयूमा राखियो । तीन दिनपछि भेन्टिलेटरमा सारियो । तर दुई दिन अघि भने उहाँलाई पुन आइसीयूमा सारिएको थियो,’ शर्माले भने ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’

प्रतिक्रिया