पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०७७
  • 8.8K
    Shares

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान

साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, सो अस्पतालमा उपचाररत दुई जना वृद्धको कोरोना संक्रमणकाकारण मृत्यु भएको हो। पोखरा महानगरपालिका वडा नम्बर १३ का ७९ वर्षका तथा पर्वत जिल्लाको मोदी गाउपालिकाको वडा नम्बर ६ का ६१ वर्षीय वृद्धको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया