पोखरामा कोरोना भयाबह बन्दै, एकैदिन पोखरामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु

पोखरामा कोरोना भयाबह बन्दै, एकैदिन पोखरामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०७७
  • 77.1K
    Shares

कोरोनाले तीन जनाको मृत्यु

चिसो मौसम बढे संगै पोखरा महानागरपालिकामा कोरोना भाइरस संक्रमण भयाबह बन्दै गएको छ। नेपाली मात्रको दोश्रो ठुलो महान चाड तिहार सकिए लगत्तै पोखराका अस्पतालहरुमा उपचाररत ११ जनाको एकैदिन मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, आज मात्र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने गण्डकी मेडिकल कलेजमा थप तीन जनाको कोरोनाकै कारण म्र्तियु भएको छ।

पोखरा २७ का ७१ वर्षीय बृद्ध, पोखरा ८ का ५४ वर्षीय पुरुष, तनहुँ म्याग्दे ४ का ५१ वर्षीय पुरुषको उपचारकै क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो भने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा पोखरा ९ क ६८ वर्षीय बृद्ध, पोखरा २१ का ७५ वर्षीय बृद्ध, पोखरा १७ क २९ वर्षीय युवक र पोखरा १३ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा-९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि उक्त केन्द्रमा बिहीबार भर्नाभई उपचाररत ती पुरुषको बिहीबार राति ११.०० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै बिहीबार दिउसो कोभिड-१९ उपचार केन्द्रमा भर्नाभई उपचाररत पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति ११.२० बजे मृत्यु भएको छ । शुक्रबार बिहान कोभिड-१९ उपचार केन्द्र पोखरामा भर्ना भएका पोखरा-१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्यान्न १२.३० बजे निधन भएको छ ।

त्यसैगरी शुक्रबार नै कोभिड-१९ उपचार केन्द्रमा भर्ना भई उपचाररत पोखरा-१३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ४.१५ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक सह प्रा.डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

प्रतिक्रिया