पोखरा महानगरकी उपप्रमुख गुरुङलाई काेराेना भाइरस संक्रमण पुष्टि

पोखरा महानगरकी उपप्रमुख गुरुङलाई काेराेना भाइरस संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ मंसिर २०७७
  • 20K
    Shares

उपप्रमुख मञ्जुदेवी गुरुङ्, पोखरा महानगरपालिकाका

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

उपप्रमुख गुरुङ आफैले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आफ्नो फेसबुकमार्फत जानकारी दिएकी छिन। उनले आफ्नो फेसबुक मार्फत आफुले “कोरोना जितेर छिट्टै जनताको सेवामा उपस्थित हुने विश्वास लिएको” उल्लेख गरेकी छिन।

उनले आफ्नो फेसबुकमा यस्तो लेखेकी छिन,” ‘सवै जनालाई नमस्कार ! विश्वभर महामारीको रुप लिएर फैलिरहेको कोभिड १९ वाट म पनि अछुतो रहन सकिन त्यसैले यतिखेर म आफनै घरमा आईस्सुलेसनमा छु । मेरो स्वास्थ्य अवस्था सामन्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाईरस संग लडी रहेछु ।’

प्रतिक्रिया