कोरोना भाइरस संक्रमणबाट पोखरामा बुधबार थप दुई जनाको मृत्यु भएको छ भने थप २८ जना संक्रमित थपिएका छन्।
। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ११ः१५ बजे दिएको जानकारी अनुसार पोखरा ३ का ८३ वर्षीय बृद्ध र पोखरा १७ की ७८ वर्षया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनीहरु दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकसय २६ जना पुगेको छ भने कोरोना संक्रमणबाट गण्डकी प्रदेशको राजधानी पोखरामा मात्रै ६१ जनाको मृत्यु भइसकेको छ ।

आजमात्रै ४० जना संक्रमित थपिए
गण्डकी प्रदेशमा आज बुधबार बिहान ११ः३० बजेसम्ममा ४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा पोखराका मात्रै २८ जना रहेका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा पोखराका एक पुरुषसहित ४ जना, लाइफ केयर एण्ड दाइग्नोस्तिक सेन्टर पोखराका २० जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मा स्वाब दिएका थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।
प्रवक्ता डा. शर्माले दिएको जानकारी अनुसार स्याङ्जामा पाँच, म्याग्दीमा तीन, तनहूँमा चार जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा हालसम्म कूल संक्रमितको संख्या १० हजार ५३० जना पुगेको छ ।

