“तनहुँ समाचार”ले बिद्रोही ने.क.पा.को गण्डक ब्युरोमा खैलाबैला, ब्युरोभित्रै सिआईडीको खोजि

“तनहुँ समाचार”ले बिद्रोही ने.क.पा.को गण्डक ब्युरोमा खैलाबैला, ब्युरोभित्रै सिआईडीको खोजि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०७७
  • 16.8K
    Shares

ने.क.पा. गण्डक ब्युरोद्वारा आयोजित माओ दिवस कार्यक्रम

सामाजिक सञ्जाल फेसबुकमा ‘तनहुँ समाचार तनहुँ समाचर’ आईडीबाट अति गोप्य सुचना र फोटोहरु लिक हुन थालेपछि बिद्रोही ने.क.पा.को गण्डक ब्युरोमा खैलाबैला मच्चिएको छ भने गण्डक ब्युरोभित्रै रहेको आशंका गरिएको सरकारी सूचनादाता ‘सिआईडी”को खोजीलाई तीब्रता बनाइएको समाचारस्रोतले जानकारी दिएको छ।

तनहुँ समाचार तनहुँ समाचर’ आइडीबाट पार्टीकै नेता कार्यकर्ता जसरी पार्टीका सम्पूर्ण सुचना बिज्ञप्तिहरु र समाचारहरु शेयर र लाइक हुने गरेको छ। तर त्यो आइडी कसको हो भनेर बिद्रोही ने.क.पा.का नेता तथा कार्यकर्ताहरुको लागि टाउको दु:खाईको बिषय बनेको छ।

ने.क.पा. गण्डक ब्युरोद्वारा आयोजित माओ दिवस कार्यक्रम

समाचार स्रोतका अनुसार, बिद्रोही ने.क.पा.को गण्डक क्षेत्रीय ब्युरो कमिटीले गत वर्ष माओ दिवस अति गोप्य रुपमा पार्टीका निश्चित र अति विश्वासिला ८/९ जना नेता तथा कार्यकर्ताहरु बसेर मनाएको थियो। त्यो समाचार मिडियामा समेत आएन। तर त्यस कार्यक्रमको फोटो तनहुँ समाचार तनहुँ समाचर’ आइडीबाट सोही दिनको अपरान्ह सार्वजनिक भएपछी पार्टीको गण्डक ब्युरोमा खैलाबैला मच्चिएको बताइएको छ।

लामो प्रहरी हिरासत र जेल बसाइपश्चात रिहा भएर आएका ब्युरो सदस्यहरु कपिल भट्ट, योगेन्द्र कुमाल र रुपेश रिहाइपस्चात पहिलोपटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएको र कहींकतै सार्वजनिक नभएको कार्यक्रमको फोटो नै सार्वजनिक भएपछी ब्युरो सदस्य र कार्यक्रमका सहभागीहरुबीच नै एकले अर्कालाई शंकाको दृष्टिले हेर्ने अवस्था सृजना भएको बताईन्छ।

ने.क.पा. गण्डक ब्युरोद्वारा आयोजित माओ दिवस कार्यक्रम

ब्युरो सदस्य र अति विस्वासिलो कार्यकर्ता सहभागी कार्यक्रमकै गोपनियता कायम नभएको अवस्थामा ब्युरोभित्रै सरकारी सूचनादाता (सिआइडी) रहेको भन्दै ब्युरोको नेत्रित्वप्रती प्रश्न उठेको थियो।

त्यो फोटो कसले र किन सार्वजनिक गर्यो भन्ने बारेमा पार्टीले एउटा छानबिन गर्यो। तर के निष्कर्ष निस्कियो भन्ने बारेमा औपचारिक जानकारी बाहिर आएको छैन। तर फोटोमा देखिएका नेता तथा कार्यकर्ताले त्यो फोटो कसले खिचेको हो भन्ने बारेमा भन्न सक्ने अवस्था देखिन्छ। किनकि फोटो खिचाउन तयार रहेका नेता तथा कार्यकर्ताहरुले फोटो खिच्नेतिर फर्किएर हेरिरहेका छन्। त्यस्तो फोटो सार्वजनिक हुँदा पनि नेतृत्व अन्य नेता कार्यकर्ताहरुलाई खुइल्याउने ध्याउन्नमा लागेको प्राप्त समाचारमा जनाइएको छ।

तर पार्टीको सुचना बहिरिनुमा नेतृत्वले पार्टीका न्यून स्तरका नेता तथा कार्यकर्तालाई दोष लगाउने गरेको प्राप्त समाचारमा जनाइएको छ। नेतृत्वले आफु बच्न कहिले विद्यार्थीका नेता त , कहिले सेक्युरिटी मजदुर, कहिले भने आफुलाई मन नपरेका नेता कार्यकर्तालाई त्यस फेसबुक आईडी तनहुँ समाचार तनहुँ समाचर’ चलाउने गरेको आरोप लगाउने गरेको छ। अहिले त्यो आइडी मन नपरेका नेता- कार्यकर्तालाई ठेगान लगाउने हतियार बनेको पिडितहरुको गुनासो छ।

तनहुँ समाचार तनहुँ समाचर आइडीबाट कतिपय कार्यकर्ताहरुसंग पार्टीको कार्यकर्ताकै रुपमा कुराकानी हुने गरेपनि केही नेता तथा कार्यकर्तासंग प्रहरी प्रशासनको तर्फबाट कुराकानी गर्ने गरेको गुनासो पार्टीभित्र पुगेको समाचारस्रोतको दाबी छ।

अहिले पार्टी निकट युवा संगठनको जिल्ला नेतृत्वमा रहेका एक नेताले आफुलाई त्यस आइडीबाट बेला बेलामा धम्की आउने गरेको गुनासो गरे। उनले आफु चढ्ने मोटरसाइकलको फोटो देखाउंदै ‘एकदिन पक्कै भेट हुने’ भन्दै धम्क्याएको उनले बताए।

यता ने.क.पा.का नेता तथा कार्यकर्ता सरकारी पक्षले त्यस आइडी चलाएको आशंका गरिरहेका छन्। कोही कोहीले भने त्यो आइडी पार्टीभित्रकै कुनै नेता-कार्यकर्ताले सुचना आदानप्रदान गर्न प्रयोग गरेको बताइरहेका छन्।

यसैबीच प्राप्त जानकारी अनुसार, बिद्रोही ने.क.पा.ले पार्टीको सातौँ स्थापना दिवस भब्य रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा ने.क.पा. कास्कीले बिगतमा सुराकी गरेर पार्टीका नेता-कार्यकर्ता गिरफ्तार गराएको आरोपमा कारबाही गरिएका, प्रहरी-प्रशासनमा कागज गरेर निस्किएका र आत्मसमर्पण गरेका केही नेता तथा कार्यकर्तालाई पुन: पार्टीमा फिर्ता गरेर जिम्मेवारी दिने तयारी गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।

अहिले ने.क.पा. कास्कीमा प्रहरी प्रशासनमा कागज गरेर निस्किएका, आत्मसमर्पण गरेका, चोरी जस्ता जघन्य आरोपमा कैद सजायं भोगेका नेता तथा कार्यकर्ताहरुको बर्चस्व रहेको गुनासो पार्टीभित्र सुनिन थालेको बताइएको छ। त्यसमा पनि गत महिना पार्टीको केन्द्रीय योजना अन्तरगत पोखरा आएका अर्जुन राउत लगायतका दुई जना कार्यकर्तालाई जिल्ला पार्टीको नेतृत्व मै रहेका नेताहरुले प्रहरीसंग सहकार्य गरेर गिराफ्तार गराइएपछि पार्टीभित्र के हुन् लागेको हो भनेर इमान्दार कार्यकर्ताहरु चिन्तित देखिन थालेका छन्।

पार्टीभित्र ब्यापक मात्रामा सरकारी सूचनादाता सिआईडीको घुसपैठ भएको चर्चा चलिरहँदा सक्कली कार्यकर्तालाई नै प्रहरीको जिम्मा लगाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

प्रतिक्रिया