भाईटीकाको दिन पोखरामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु, कास्कीमा सात जना संक्रमित

भाईटीकाको दिन पोखरामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु, कास्कीमा सात जना संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ मंसिर २०७७
  • 15.6K
    Shares

आम नेपालीले महान चाड अन्तर्गत भाईटीका मनाइरहेका बेला महामारीको रुप लिईर्हेको कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने कास्कीमा सात जना थप संक्रमित भएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट पोखरा १५ का ७० वर्षीय बृद्धको मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताइएको छ । गण्डकीमा हालसम्म १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यता, कास्कीमा आज सोमबार सात जना कोरोना संक्रमित थपिएका छन् । जसमा पोखरामा दुई महिला र एक पुरुष गरी तीन जना र रुपा गाउँपालिकामा तीन जना महिला र एक जना पुरुष रहेका छन् ।

उनीहरु सबै कन्ट्याक टेसङिमा भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १० हजार ४९७ जना पुगेको छ ।

प्रतिक्रिया