कोरोना सङ्क्रमितको उपचारमा खटिएका दुई जना डाक्टरको कोरोना सङ्क्रमणबाट निधन

कोरोना सङ्क्रमितको उपचारमा खटिएका दुई जना डाक्टरको कोरोना सङ्क्रमणबाट निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०७७
  • 6.9K
    Shares

डा. सुनिल झा र डा. नारायणबहादुर थापा

काठमाण्डौ – कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा। डा। सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमित भएका डा। झाको सोमबार बिहान र डा। थापाको आइतबार राति ज्यान गएको भन्दै मन्त्रालयले उहाँहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको बताएको छ ।

प्रतिक्रिया