नेपालीहरुले दोश्रो महान चाड तिहार अन्तरगत काग पुजा गरिरहेकै दिन पोखरामा कोरोना संक्रमणबाट चार जनाले ज्यान गुमाएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देहनालय पोखराका अनुसार, पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय बृद्धाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो । उनी यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
त्यस्तै एक दिन अघि मात्र खोऋओणाआ संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी पोखरा महानगरपालिका १५ की ५४ बर्षिय महिलाको पनि कोरोना संक्रमंबात मृत्यु भएको छ ।
कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएपछी गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत पोखरा महानगरपालिका २५ का ७० वर्षका वृद्धको सोही अस्पतालमा उपचारके क्रमम कार्तिक २८ गते बिहान ११.१५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
कार्तिक २६ गते कोरोना संक्रमण पुष्ठि भएपछि होम आईसोलेसनमा नै रहेका पोखरा महानगरपालिका २० का ८३ वर्षीय वृद्धको आफनी निवासमा कोरोनाका कारण निधन भएको निधन भएको प्राप्त समाचारमा जनाइएको छ।