काठमाण्डौको पशुपति बहुमुखी क्याम्पसमा ब्यापक बदमासी र खरावी भएको अखिल (क्रान्तिकारी)को निष्कर्ष

काठमाण्डौको पशुपति बहुमुखी क्याम्पसमा ब्यापक बदमासी र खरावी भएको अखिल (क्रान्तिकारी)को निष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 11K
    Shares

बिद्रोही ने.क.पा निकट अखिल (क्रान्तिकारी)ले काठमाण्डौको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा ब्यापक बदमासी र खरावी भएको निष्कर्ष निकालेको छ।

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति, काठमाण्डौंकी अध्यक्ष तारा सञ्ज्यालले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो संगठनले गरेको लामो समयको अनुसन्धान पछि “पशुपति बहुमुखी क्याम्पसमा ब्यापक बदमासी र खरावी भएको” निष्कर्ष निकालिएको जानकारी दिएकी छिन।

जारी बिज्ञप्ति अनुसार, क्याम्पस प्रमुख नियुक्त नगरेर लगभग एक महिनादेखि क्याम्पसलाई अनिर्णयको बन्दि बनाइएकोको, आर्थिक वर्ष २०६७- ६८ तिर रु.१०० फिः बढाउँदा अन्य विद्यार्थी संगठन र केही कर्मचारीहरुलाई एक्काइस लाख बराबर रकम बाढँको, क्याम्पसमा कुनैपनि ट्यूसन कक्षाको व्यबस्था नभए पनि ट्यूसन शुल्कको शिर्षकमा करोडौ रूपैँया खर्च देखाइएको, आर्थिक वर्ष २०६७ देखि हालसम्म रु. एकलाख ३७ हजार रुपियाँ रकम विद्यार्थी फर्म शिर्षकमा घोटाला भएको देखिएको छ। त्यस्तै निलम्वित लेखा प्रमुखले राजनैतिक संगठनको आडमा सक्कली बिल च्याती करोडौ घोटाला गरिएको, लामो समयदेखि क्याम्पस संचालक समितीको साधारण सभा नगरिएको, नातावाद अत्याधिक मात्रामा हावी भएको र संस्थामा अनाधिकृत ढंगले गरिएको करोडौ घोटाला ढाकछोप गर्नका निम्ति Midas Software नै फेर्न खोजेको निष्कर्ष अध्ययन कार्यदलले निकालेको अखिल (क्रान्तिकारी) काठमाण्डौले बिज्ञप्तिमार्फत जनाएको छ।

पशुपति बहुमुखी क्याम्पसमा ब्यापक बदमासी र खरावी भएको निष्कर्ष निकालेको अखिल (क्रान्तिकारी) काठमाण्डौले ती सम्पूर्ण क्रियाकलापहरु सम्पूर्ण क्याम्पसको हित विपरित भएकोले यस्ता किसिमका गलत क्रियाकलापका विरूद्ध पशुपति बहुमुखीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई प्रतिकार गर्न र दोषीलाई कानुनी कारवाही पहल गर्न अपिल गरेको छ।

पशुपति बहुमुखी क्याम्पस बारे अखिल (क्रान्तिकारी)द्वारे जारी बिज्ञप्ति

प्रतिक्रिया
सम्बन्धित समाचार