नेपाली मात्रको महान चाड तिहारको पहिलो दिन काग तिहार एका बिहानै पोखरेली जनताले दुखद खबर सुन्नुपरेको छ।
आज एकाबिहानै पोखरा महानगरपालिका वडा नम्बर १४ की ६७ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोविद उपचार केन्द्रमा मृत्यु भएको हो।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार, उनी कोरोना संक्रमित भएर गएको कार्तिक २१ गते त्यस अस्पतालमा भर्ना भएकी थिइन। उनी निमोनिया तथा मानसिक तनाब लगायतका रोगहरुबाट पिडित रहेकी थिइन।

: कोरोनाले पोखरामा ६७ वर्षीया बृद्धाको निधन