यतिबेला कालीकोटको रिग्नेपानीमा निर्मित प्रतिक्षालयको फोटो भाइरल बनिरहेको छ।
पत्रकार पृथ्वी छाक बुढा मगरले सामाजिक संजालमार्फत उक्त फोटो सार्वजनिक गरेका हुन्।
हेर्दा २० हजार रुपियाँ पनि खर्च नभए जस्तो देखिने उक्त प्रतिक्षालय बनाउन ११ लाख रुपियाँ खर्च भएको पत्रकार पृथ्वी छाक बुढा मगरले जानकारी दिएका छन्। उनका अनुसार, सो प्रतिक्षालय बनाउन कर्णाली प्रदेस सरकार अन्तर्गत बन मन्त्रालयले ११ लाख रुपियाँ खर्च भएको छ।
उनले आफ्नो स्टाटसमा “प्रदेस सरकार अन्तर्गत बन मन्त्रालयबाट रू ११ लाखमा बनेको कालिकोट जिल्लाको रिग्नेपानीको प्रतिक्षालय । खान पनि कति सकेका निर्लज्ज तरिकाले । हेर्दा त यसको लागत २० हजारको पनि छैन ।” लेखेका छन्।
