सिराहामा राजदेवी मन्दिरबाट धनमाल चोरी गरेको अभियोगमा २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना धनमाल चोरी गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८ वर्षीय प्रकाश मण्डल पक्राउ परेका हुन् ।
उक्त मन्दिरभित्र गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई सुन तथा चाँदीको विभिन्न चोरीका सामान र उनले प्रयोग गरेको बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ ।