प्रहरीले दोलखामा आफ्नै दिदी हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार एक वर्षदेखि माइतीमा बस्दै आएकी ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठलाई आफ्नै भाई रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको हो ।
शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।