मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नतिको कामका लागि बागलुङ– पोखरा खण्डमा यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।
मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ ।