यात्रु लिएर उड्न तयार निगमको जहाजको हुन सकेन इन्जिन स्टार्ट

यात्रु लिएर उड्न तयार निगमको जहाजको हुन सकेन इन्जिन स्टार्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ मंसिर २०७९
  • 5K
    Shares

निगमको जहाजको इन्जिन स्टार्ट नभएर उड्न सकेन

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।
बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा रहेको यो जहाजको इन्जिन स्टार्ट हुन सकेन । प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको छ । विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार यो जहाजमा सोही अनुसार यात्रु चढाइएको थियो । तर इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको छ ।

आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ । यो जहाजमा १५२ जना यात्रु रहेका छन् । जहाज मुम्बईबाट आइतबार नै काठमाडौं फिर्ता हुनेछ । इन्जिन स्टार्ट नभएको जहाजको भने प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार