निमावि तहमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जना मात्रै लिखित पास, अन्तर्वार्ता मंसिर २८ मा

निमावि तहमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जना मात्रै लिखित पास, अन्तर्वार्ता मंसिर २८ मा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ मंसिर २०७९
  • 5.1K
    Shares

शिक्षक सेवा आयोगले ३८१ जना शिक्षक माग्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उतीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।
अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उतीर्ण हुँदा पनि ३२४ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उतीर्ण हुन सकेनन् ।
प्रदेश १ मा १६१ रिक्त पदको लागि २४, बागमती प्रदेशमा ५८ रिक्त पदको लागि जम्मा २ जना, गण्डकी प्रदेशमा ३९ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि ५ जना, कर्णाली प्रदेशमा २३ रिक्त पदको लागि ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना उतीर्ण भएका छन् ।

उत्तीर्ण शिक्षकहरुको अन्र्तवार्ता मंसिर २८ गते हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार