बालुवा गिट्टी हालेर ग्राभेल गर्नुपर्ने बाटोमा माटाे हालेर बाटो बनाउदै गरेको देखेपछि सल्यानका बासिन्दाले त्यस बाटोलाई भत्काइदिएका छन्।
कर्णाली प्रदेश सरकारको चार करोड बजेटमा सल्यानकाे माेख्ला-दमाचाैर हुँदै राेल्पाकाे झ्याम जाेडिने सडक खण्डमा बालुवा गिट्टी हालेर ग्राभेल गर्नुपर्ने बाटोमा माटाे हालेर बाटो बनाउदै गरेको देखेपछि सल्यानका बासिन्दाले त्यस बाटोलाई भत्काइदिएका हुन्।
कर्णाली प्रदेश सरकारकाे बजेटमा पुर्वाधार विकास कार्यालय सल्यानले नाला सहितकाे ग्राभेलकाे लागि चार कराेडमा दुइ भाग गरेर पांच किलोमिटर बाटो निर्माणका लागि ठेक्का आव्हान गरेको थियो। उक्त ठेका पाएको बगेश्वरी कन्ट्रसन एण्ड सप्लायर्सले ८/१० महिना अगाडीबाट काम गरिरहेको छ। त्यही ठेक्का अन्तर्गत सल्यानको बागचाैर नगरपालिका १० का मा निर्माणाधिन बाटो गुणस्तरहीन भएको र बालुवा गिट्टी हालेर ग्राभेल गर्नुपर्नेमा माटाे हालेर ग्राभेल गरेकाे भन्दै त्यस निर्माणाधिन बाटो भत्काउदै गरेको भिडियो सार्वजनिक भएको छ।
सार्वानिक भिडियोमा देखाइए अनुसार, गिट्टी, बालुवाको ठाउँमा माटोले ग्राभेल गरेको, नाला पनि कमशल खालकाे बनाएकाे सामान्यतया नाला बनाउँदा ढुंगा, गिट्टी, बालुवा र सिमेन्टकाे मात्र मिलाएर राख्नुपर्नेमा भित्र ढुंगामात्रै भरेर बाहिरबाट सिमेन्ट बालुवाले पलास्टर गरेकाे स्थानीय बासिन्दाले बताएका छन्।
भिडियोम स्थानीय केपी शर्मा ओलीले आफुहरुले गुणस्तरीय काम गर्न सुझाब दिंदा दिंदै बेवास्ता गरिएको र त्यही गुणस्तरहीन कामलाई प्राबिधिक कार्यालयले पास गर्ने सम्भावना गर्न बाध्य भएको बताएका छन्। यतिबेला स्थानीय बासिन्दा कमशल खालकाे काम गरेर बजेट झ्वाम पर्न लागेकाे भन्दै दुइदिन देखि आन्दाेलन पनि गरिरहेका छन्।
ढुंगा, गिट्टी राखेर शाेलिङ गर्नुपर्नेमा माटाे मात्रै राखेर शाेलिङ गरेकाे अर्का स्थानीय शिव कुमार शर्माले बताएका छन् । उनले भने, ‘याे सडकमा ग्राभेलकाे लागि बजेट परेकाे सुन्दा हामीहरु निकै खुसी भएका थियाैं । तर अहिले विकासकाे नाममा नक्कली काम गरेर ब्रम्हलुट मच्याएकाे देख्दा साह्रै दुख लागेकाे छ ।’
स्थानीय बासिन्दा समेत रहेका बागचाैर नगरपालिका १० का वडा सदस्य सेर बहादुर बुढाथाेकीले पनि भिडियोमा स्टेमेटअनुसारकाे काम नभएकाे बताएका छन् । उनले आफुले ठेकेदारलाइ पटकपटक भन्दापनि सुरुबाटै काम गतिलाे नगरेकाे उल्लेख गरेका छन् ।
स्थानीय बासिन्दाले गुणस्तरहीन काम भनेर आन्दोलन गरिरहदा प्राविधिक कार्यालयले पटकपटक अनुगमन गरेर कामलाइ पास गरेकाे ठेकेदार पक्षले दाबी गरेको छ। अजह अर्को अचम्मको कुरा त के छ भने जिल्ला प्राबिधिक कार्यालयले त्यस सडक दैनिक अनुगमन गर्ने भनेर एक जना सुपरभाइजर खटाएको पनि छ।
यता ठेकेदार यज्ञ बहादुर डाँगीले आफुले स्टमेट अनुसार राम्राे काम गरिरहेको दाबी गर्छन। आफुसंग व्यक्तिगत रिसइबी भएका केही स्थानीयहरुले कामको बिराेध गरेको उनको भनाई छ। उनले नालामा ढुंगा हाल्ने र ग्राभेलमा माटाे राख्ने स्टेमेटमा लेखिएकाले त्यसाे गरेकाे बताए । news source : https://nayadrishti.com