महासंघको केन्द्रीय सदस्य पदमा पोखराका अधिकारी र लेखनाथका गिरी चयन

महासंघको केन्द्रीय सदस्य पदमा पोखराका अधिकारी र लेखनाथका गिरी चयन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ मंसिर २०७७
  • 4.8K
    Shares

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी चयन भएका छन ।

महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनको क्रममा अधिकारीले आफ्ना प्रतिद्वन्द्व चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उत्तमलाल चुकेलाई २ मतको अन्तरले पराजित गरेका हुन । अधिकारीले ७ मत पाए भने चुकेले ५ मत प्राप्त गरे।उनी संस्थापक सदस्यमध्येबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका १२ जना संस्थापक सदस्य रहेका छन्।

यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई ३ मतको अन्तरले पराजित गरेका हुन्। कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र निर्माणले ६ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार