गण्डकी प्रदेश प्रमुखको कार्यालय पोखरा
Spread the love

नेपाली काँग्रेस , नेकपा (माओबादी केन्द्र)  ,राष्ट्रिय जनमोर्चा र जनता समाजबादी पार्टीले गण्डकी प्रदेश प्रमुखको कार्यालयमा बहुमतको सरकार गठन गर्न दाबी सहितको पत्र दर्ता गराएका छन्।

गण्डकी प्रदेश सभाका चार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), राह्त्रिय जनमोर्चा र जनता समाजवादी पार्टीद्वारा बहुमतको सरकार गठन गनर प्रदेश प्रमुख कार्यालयमा दर्ता गरेको पत्र
गण्डकी प्रदेश सभाका चार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), राह्त्रिय जनमोर्चा र जनता समाजवादी पार्टीद्वारा बहुमतको सरकार गठन गनर प्रदेश प्रमुख कार्यालयमा दर्ता गरेको पत्र

गण्डकी प्रदेश प्रमुखको कार्यालयको दर्ता नम्बर १०८ मा दर्ता भएको उक्त निवेदनमा चारवटै दलका सचेतकहरुले हस्ताक्षर गरेका छन्।  चार वटै दलका सचेतकहरुले हस्ताक्षर गरिएको उक्त दाबी पत्रमा सांसदहरुको हस्ताक्षर भने छैन।

यसैबीच नेकपा (माओबादी केन्द्र) कासंसदीय दलका नेता हरिबहादुर चुमान “अजित”ले जनसंचार डट कमसंग कुराकानी गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका चार राजनीतिक दलहरुले मुख्यमन्त्री पदमा दाबी गरेर पत्र दर्ता गराएको जानकारी दिए।  संविधानको धारा १६८(२) मा “प्रदेश सभाको कुनै पनि दलले स्पस्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नेछ।” भनिएको छ।

 

 

अन्तिम पटक अध्यावधिक गरिएको 185 Viewed

प्रतिक्रिया दिनुहोस्