राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा, जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा
Spread the love

पार्टीको ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसद कृष्ण थापालाई कारबाही गरेको छ।  उसले प्रदेश सांसद थापालाई गण्डकी प्रदेश सभाको संसदीय दलको नेताबाट हटाएर कारबाही गरेको हो।

सांसद थापालाई कारवाही स्वरुप प्रदेश सभा संसदीय दलको नेताबाट हटाइएको जानकारीसहितको पत्र सचेतक पियारी थापाले संसद सचिवालयमा दर्ता गराइसकेकी छन् ।

प्रदेश सांसद थापाले पार्टीको निर्णय बमोजिम गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनमा सहभागी हुन् अस्वीकार गर्दै त्यस गठबन्धनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।   उनले उक्त गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि त्यस गठबन्धनले प्रदेश प्रमुखसमक्ष आज  तोकिएको समयसीमा भित्र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलको नेतृत्वमा नयाँ सरकार गठनको दाबी  गर्न सकेन।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गर्न पार्टीको निर्देशनसहित प्रदेश सांसद थापालाई उनको पोखराको बुद्धचोकस्थित निवासमा पुगेका राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिका संयोजक शंकर बरालसमक्ष थापाले त्यस गठबन्धनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

सांसद थापाले आफ्नो गृह जिल्ला बागलुङमा नेपाली कांग्रेससंग कटुतापूर्ण सम्बन्ध रहेको जिकिर गर्दै गएको फागु पुर्णिमाका दिन कांग्रेसका जिल्ला सदस्य कुँवर लगायत दुइ जनाको हत्यामा आफ्ना नेता कार्यकर्तालाई फंसाउने काम भएकोले कांग्रेससंग सहकार्य गर्न नसकिने बताउने गरेका छन्।

यसैबीच पार्टीले संसदीय दलको नेताबाट हताइएको भनिएका प्रदेश सांसद कृष्ण थापाले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठन  समबन्धमा आफु तटस्थ रहेको जानकारी दिएका छन्।

राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट  हटाएको भनिएका सांसद कृष्ण थापाद्वारा जारी प्रेस बिज्ञप्ति , janasanchar
राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट हटाएको भनिएका सांसद कृष्ण थापाद्वारा जारी प्रेस बिज्ञप्ति

नयाँ सरकारका लागि आवश्यक ३१ मत चाहिने हुँदा कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गरेपछि कांग्रेसहितको गठबन्धन सरकार बन्न नसक्ने भएको छ । गण्डकीमा पुन: मुख्यमन्त्रीमा संसदीय दलकाे ठूलाे नेताकाे हैसियतमा पृथ्वीसुब्बा गुरुङ नियुक्त हुने छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 120 Viewed

प्रतिक्रिया दिनुहोस्