ccmc meeting, janasanchar
Spread the love

को’भिड १९ संकट व्यव’स्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आ’पूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधि’करणलाई नि’र्देशन दिएको छ ।

बजारमा अक्सिजनको आ’पुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अ’भावमा उत्पादन नरो’कियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपु’र्तिको व्यवस्था मिलाउन नि’र्देशन दिएको हो ।

को’भिड १९ संक्र’मितको संख्या बढेसँगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अ’भावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितर’णलाई समा’नुपातिक र न्याय’पूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।

सोही कार्य’विधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ । बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुग”मन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सिसिएमसिको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयास बारे जानकारी गराएका थिए । यसैगरी अस्पतालहरुलाई अक्सिजनको न्युनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरु संक’लन गरि उद्योगमा फिर्ता गर्ने प्र’यास भईरहेको पनि उनले जानकारी दिए ।

सिसिएमसीले सबैलाई बाँचौ र बचाऔै भन्ने मूल आशयसहित अक्सिजनको आ’पूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आ’ग्रह गरेको छ । सिसिएमसिले काठमाण्डौ उपत्याका र काभ्रेका उद्योग समेतमा गरि दैनिक सात हजार दुई सय सिलिण्डर उत्पा’दन रहेको बताएको छ । तर अक्सिजन उत्पादक संघले भने दैनिक नौ हजार सिलिण्डर उत्पा’दन हुने गरेको बताईसकेको छ । संघले तत्काल बैक’ल्पिक उपायबाट अक्सिजनको आ’पुर्ति सहज बनाउन भनिसकेको छ ।

उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको नि’र्णय व्यवहा’रीक नभएको भन्दै दी’र्घरो’गी र घरमै को’भिडको उपचार गराईरहेकाको लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरुका लागि अक्सिजनको व्यवस्था’पन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नस’क्ने संघले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 154 Viewed

प्रतिक्रिया दिनुहोस्