आइसोलेशन कक्ष, janasanchar
Spread the love

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइ’सोलेसन कक्ष स्थापना गरेका छन् ।

को’रोना सङ्क्र’मितलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसो’लेशन कक्ष स्थापना गरेका हुन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई स्थानमा गरी ६५ शय्याको आइ’सोलेशन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् । नगरपालिका क्षेत्रमा अहिले को’रोना सङ्क्र’मितको सङ्ख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उनले बताइन ।

ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पाँच÷पाँच शय्याको आइसो’लेशन कक्ष स्थापना गरेको बताएका छन् ।

व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसो’लेशन कक्ष निर्माण गरेका छैनन् । व्यास–१ कराङकाठस्थित क्षत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारे’न्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताइन  । नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेशन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उनले जानकारी दिए  ।

भानु नगरपालिकाले गत वर्ष शारदा लोहनी विद्यालयमा २५ शय्या क्षमताको क्वा’रेन्टिन बनाएकाले अहिले पनि त्यसैलाई कायम गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको नगर उपप्रमुख आशा थापाले जानकारी दिइन् । पालिकाभित्र को’रोना सङ्क्र’मितको सङ्ख्या वृ’द्धि हुँदै गएको अवस्थामा तत्कालै आइ’सोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको उनले बताइन  ।

बन्दिपुर गाउँपालिकाले आइ’सोलेशन कक्ष निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । गाउँपालिकाभित्र सचे’तनामूलक कार्यक्रमलाई तीव्रता दिँदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिइन् ।

देवघाट गाउँपालिकाले प्रत्येक नाकामा हेल्थ डेस्क राखेर उच्च सर्त’कता अपनाउँदै आएको छ । एम्बुलेन्स भाडामा लिएर तयारी अवस्थामा राखिएको र प्रत्येक सामुदायिक वनको पैसाले बिरामी ओसारपसार गर्दा लाग्ने भाडा बेहोर्नुपर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाभित्र रहेका माध्यमिक तह र स्वास्थ्य चौकीलाई आइ’सोलेशन कक्ष बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताइन  ।

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्