Spread the love

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक चार दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । ​ यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे । उनले अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कन पनि अनुरोध गरे।

‘संक्रमणको दर अत्यधिक बढेको छ, आज मात्रै दुई हजार तीनसय ५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक चार दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडाैं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,’ डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’

उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए । पछिल्लो २४ घण्टामा २ हजार २२० जना नयाँ संक्रमित थपिएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 143 Viewed

प्रतिक्रिया दिनुहोस्