केपी शर्मा ओली र माधब नेपाल
Spread the love

नेपाली कांग्रेसभित्र वर्तमान ओली सरकारविरुद्ध अबिश्वास प्रस्ताब ल्याउने सहमति भएकै साँझ  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब कुमार नेपाल बीच दुई घण्टा लामो वार्ता बिना  निष्कर्ष सकिएको छ।

काठमाण्डौको मेरियट होटलमा भएको दुई घण्टा लामो ओली-नेपालबीचको दुई घण्टा लामो  वार्ता बारे बिस्तृत बिबरणहरु  सार्वजनिक भएका छैनन् र वार्तास्थलबाट बाहिरिंदा नेताद्वयले संचारकर्मीहरुलाई केही बताएनन।  तर दुबैबिच बिस्तृत रुपमा अर्को पटक बस्ने सहमति भएको समाचारस्रोतको दाबी छ।

त्यस भेटमा नेता नेपालले फागुन २८ गते आफ्नो पक्षका नेताहरुमात्र राखेर ओलीले गरेको निर्णय खारेज गर्न माग गरेको बताइएको छ।  तर प्रधानमंत्री समेत रहेका ओलीले नेता नेपालको प्रस्तावलाई ठाडै अस्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ।  ओलीले नेपाललाई नि:शर्त पार्टीमा फर्कन आव्हान गरेको बताइएको छ।   पार्टी भित्र फर्कन राखिने कुनै पनि शर्त आफुलाई अमान्य भएको ओलीले नेपाललाई स्पस्ट पारेका थिए।

नेता नेपाल र प्रम ओलीबीच दुईघण्टा वार्ता  हुनु अघि नेपाल समुहका नेता योगेश भट्टराई बालुवाटार पुगेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै पार्टी अध्यक्ष भएको नाताले विगतका तीतामीठा बिर्सिएर अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । अद्यापि अद्यापि त्यो अनुरोधले सार्थकता पाउने सम्भावना कम रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रम ओलीले नेता नेपालसंगको भेट सकिए पछि राती नै माओबादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा कुरा गरेका छन्।  टेलिफोनमा के कुरा भयो त्यो भने सार्वजनिक भइसकेको छैन।

यसैबीच प्राप्त जानकारी अनुसार, नेपाली कांग्रेसको बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा वर्तमान सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् ।

एकातिर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य गरिरहेको छ । त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)सँग गरिरहेको वार्ता टुंगोमा पुगेको छैन । तर छिट्टै शुरु हुने संसद अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।

जसपाले साथ दिएकै अवस्थामा पनि पार्टीकै सांसदहरुले मत नदिए सरकारको नीति तथा कार्यक्रम र बजेट फेल हुने अवस्था आउने खतरा देखेर अध्यक्ष ओलीले आफूहरुलाई अलमल्याउन मात्र खोजेको हो कि भन्ने नेताहरुको आशंका छ । यद्यपि नेपाल समूहका नेताहरुसँग अनौपचारिक संवादमा रहेका ओली समूहका केही नेताहरुले भने पार्टी एकतामा जोड दिंदै आएका छन् ।

 

 

अन्तिम पटक अध्यावधिक गरिएको 372 Viewed

प्रतिक्रिया दिनुहोस्