janasanchar , बिष खुवाएर मारिएको कुकुरको मासु खाएर नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मरे
Spread the love

बिष खुवाएर मारिएको कुकुरको मासु खाएर नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मरेका छन्।

जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा बिष खुवाएर मारिएको कुकुरको मासु खाएर ६७ वटा गिद्ध मरेका हुन् । एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ ।

जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ ।

स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बजे आएका गिद्ध सिनो खाएर अचानक बिरामी भएर मर्न थालेका थिए । बिरामी गिद्ध धमाधम मर्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायमा सूचना दिएका थिए, तर चासो नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

स्थानीयवासीका अनुसार डंगर अति संकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध (संरक्षित) २ वटा गरि कुल ६७ वटा गिद्ध मरेका छन् । मृत कुकुरको सिनोमा विषादी रहेको हुनसक्ने र सोही सिनो खाएर गिद्ध मरेको हुनसक्ने नेपाल पंक्षी संरक्षण संघ बुटवलले जनाएको छ । कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको समेत खोजी कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 57 Viewed

प्रतिक्रिया दिनुहोस्