पेस्तोल, janasanchar ,pestol
Spread the love

लोड गरिएको पेस्तोलसहित भारतबाट नेपाल आएका एक युवकलाई प्रहरीले नवलपरासीको सुस्ताबाट पक्राउ गरेको छ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तरेनीनिवासी २२ वर्षीय सुनील भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोलसहित पक्राउ गरेको हो ।

सोमबार बिहान नेपाल–भारत सीमा क्षेत्र सुस्ता गाउँपालिका– ५ रामनगरमा पर्ने ४ नं. ठोकरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।  भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोटस्थित भारततर्फबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।

प्रहरीले उनको साथबाट एक राउन्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्यागजिनसहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेका सुनील भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 197 Viewed

प्रतिक्रिया दिनुहोस्