janasanchar , cib , सीआइबीको पत्रकार सम्मेलन
Spread the love

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाणपत्र) बनाएर डाक्टर बनेका स्सात जना  द्स्क्तारहरुलाई पक्राउ गरेको छ भने ती मध्ये डाक्टरलाई नक्कली सर्टिफिकेट बनाइदिने एक जनालाई आबश्यक अनुसन्धानका लागि एक जनालाई हिरासतमा लिएको छ।

नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाणपत्र) बनाएर डाक्टर बनेका स्सात जना  द्स्क्तारहरुमा सप्तरी विष्णुपुरका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो-६ का २९ वर्षीय सुभाष प्रसाद शाह, धनुषा सबैलाका-५ का २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरी सकरपुरा-१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीका २७ वर्षीय पल्लवी सिंह र ललितपुरका फराज हुसेन रहेको ब्‍यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् ।

मेडिकल काउन्सिलमा बुझाइएको प्रमाण पत्रको आधारमा परीक्षा बोर्डमा प्रतिलिपि माग गर्दा सात जना चिकित्सकको अंक फरक रहेको पाइएपछि विभिन्न जिल्लाबाट चिकित्सकहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ‘बंगलादेशको एमबीबीएस अध्‍ययन गर्नका लागि काउन्सिलबाट योग्यताको प्रमाण पत्र लिएका मो. सिद्दीकी लगायतका विद्यार्थीहरुले पेश गरेको एसएलसीको प्रमाण पत्र नक्कली रहेको ” भेट्टाएको छ।  सिआईबीकी प्रबक्ता एसपी गङ्गा पन्तले ‘पक्राउ परेका सबै डाक्टरहरुको एसएलसीको लब्धाङ्क पत्र राष्ट्रिय परीक्षा बोर्डमा जाँच गराउँदा किर्ते गरेको पाइएको’ बताइन।

प्रहरीका अनुसार मो.सिद्दीकी, सुभाष प्रसाद शाह, मोहम्मद शाहिद राजा र दिपेन्द्र गौतमले विभिन्‍न अस्पतालमा समेत काम गरिसकेका छन् ।

नेपाल मेडिकल काउन्सिलबाट प्राप्त शंकास्पदको सूचीका आधारमा डाक्टर बनिसकेका डा. सुभाषप्रसाद शाहलाई पक्राउ गर्न धनुषाको जनकपुर चिल्ड्रेन हस्पिटल पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई प्रहरी हिरासतमा नै भेट्टाएको थियो।  उनलाई खोजी गर्न उनी कार्यरत धनुषाको जनकपुर चिल्ड्रेन हस्पिटलदेखि उनको महोत्तारीस्थित घरमा पुग्दा पनि उनी फेला नपरेपछि सिआईबीले सोधपुछ गर्दा उनी प्रहरी हिरासतमा रहेको भेट्टाएको हो।

प्रहरीले दिएको जानकारी अनुसार, डा. सुभाषप्रसाद शाह त्यति बेला नक्कली प्रमाणपत्र बनाएको आधारमा पक्राउ परेका भने थिएनन, लिभिङ टुगेदरमा बसेकी महिलाले बिहे गर्न नमानेपछि उनीविरुद्ध प्रहरीमा आफुलाई जिस्काएको भनेर उजुरी दिएपछि पक्राउ परेका थिए। अदालतमा गएर विवाह गर्ने सर्तमा विवाद टुंग्याउन खोजिएको थियो । तर, जिल्ला न्यायाधीश विदामा भएकाले अभिभावकको जिम्मा लगाउने तयारी भइरहेका वेला ब्युरोको टोलीले उनलाई पक्राउ गर्‍यो र अहिले काठमाडौंमा ल्याएको छ ।

उनले एसएलसीको सर्टिफिकेट कीर्ते गरेर जन्ममितिसमेत परिवर्तन गरी एमबीबीएस पढेको पाइएको ब्युरो प्रमुख सहकुलबहादुर थापा बताउँछन् ।

यसैबीच डाक्टरलाई नक्कली प्रमाण पत्र बनाइदिएको आरोपमा काठमाण्डौको बागबजारस्थित ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरीलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ।

सीआईबी प्रमुख सहकुलबहादुर थापाका अनुसार नक्कली प्रमाण पत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा चौधरीको नाम खुलेपछि उनलाई सोमबार पक्राउ गरिएको हो । हाल सिआईबीको नियन्त्रणमा रहेका दीर्घायू गुरु हस्पिटल, चाबहिलका डाक्टर मोहम्मद शाहिद राजालाई एसएलसीको प्रमाण पत्र कीर्ते गरेर बनाइदिएको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 399 Viewed

प्रतिक्रिया दिनुहोस्