रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा सकुम्बासी
Spread the love

अर्थमन्त्री विष्णु पौडेल र आपूर्तीमन्त्री लेखराज भट्टले संयुक्त रुपमा शिलन्यास गरेको रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा रातारात सुकुम्बासीहरु आएर जग्गा कब्जा गर्न थालेका छन् ।

सोही क्षेत्रमा निर्माणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी हिजो दिउसोदेखी सुकुम्बासीहरुले चुना, डोरी, ढु्ंगा बोकी आफ्नो जग्गा रहेको भन्दै घेराबन्दी गरेर बस्न थालेका छन्, दिउसो आएकाहरुलाई प्रहरी प्रशासनले हटाएपनि राती फेरी ठूलो जत्था आएर बसेको देखिन्छ ।

अचम्मको कुरा त् के छ भने दिउसो प्रहरीले बल प्रयोग गरेर निर्माणाधीन औद्योगिक क्षेत्रबाट सुकुम्बासीहरु हटाउने गरेको छ।  तर भोलिपल्ट फेरी सुकुम्बासीहरुको जत्थाले त्यही जग्गा कब्जा गर्न पुग्ने गरेका छन्।  तर त्यसको नेतृत्व कसले गरेको छ भन्ने बारेमा पनि स्थानीय प्रहरी प्रशासन अनबिज्ञ रहेको छ।

नयाँगाउँ , बेलवास, गोलपार्क, बुद्धनगर,मजुवा,दिपनगर लगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको बि ब्लकको जग्गामा चुना र डोरिले घेरा हालेर प्लटिङ गरेका छन्।

आयोजनाका पक्षधरहरुले भने विपक्षहरुले जग्गा कब्जा गर्नको लागी यस्तो रणनीति अगाडी सारेको आरोप लगाएका छन भने विपक्षहरुले सुकुम्बासी जग्गामा सुकुम्बासी आएर बस्नु उनीहरुको अधिकारको कुरा भएको जनाएका छन्,

बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई भने यो विषयमा कुनै जानकारी नै नभएको तर्क गर्छन्। उनले सत्यतथ्य छानबिन गरिने बताए ।

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका व्यक्तिहरु सुकुम्बासी नभई अन्यत्रबाट आएर व्यक्तिहरुले जग्गा  कब्जा गर्न खोजेको बताउँछन् । उनले भने ” हामीले हिजो बिहान आएर कब्जा गर्दैछन भन्ने थाहा पाएर प्रशासनलाई खबर गर्यौ प्रशासनले सम्झाईबुझाई गरि फर्कायो, फेरि रातिदेखी आएर बसेको खबर आएको छ, हामी प्रशासन सङै गएर ब्यवस्थापन गर्छौ ।”

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी जग्गा कुनैपनि हालतमा कब्जा हुन नदिने बताए । उनले अहिलेको अवस्थामा पनि सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नु गलत भएको बताउदै उनले मोतिपुर औधोगिक क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्र बन्नलागेकोले सबैले यसलाई सहयोग गर्नुपर्ने बताए । उनले आएका ब्यक्तिहरुलाइ तत्कालको लागि सम्झाई बुझाई गरेर फर्काउने बताए ।

अर्थमन्त्री विष्णु पौडेल र आपूर्तीमन्त्री लेखराज भट्टले संयुक्त रुपमा गरेको शिलन्यासलाई केही समयमै स्थानीयले भत्काईदिएर ढुंगामुडा समेत गरेका थिए भने केही समय अगाडी व्यापक विवादका विच शिलन्यास भएको सो क्षेत्रमा त्यहाँका स्थानीयहरुले औद्योगिक क्षेत्र बन्न नदिने भन्दै विरोध गरेका थिए ।

 

अन्तिम पटक अध्यावधिक गरिएको 167 Viewed

प्रतिक्रिया दिनुहोस्