निर्मला शर्मा, गजेन्द्र बुढाथोकी, बिपुल पोख्रेल
Spread the love

आवाजबिहिनहरुको आवाज  हुनुपर्ने नेपाली संचार माध्यमहरुमा कार्यरत पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि यही चैत २५ गते चुनाब हुँदैछ।  यति बेला नेपाली पत्रकारहरु दुई वटा राजनीतिक मोर्चामा विभाजित भएका छन्, एउटाले आफुलाई राष्ट्रवादी गठबन्धन भनेको छ र अर्कोले प्रतिगमंन बिरोधि गथाबंदहं भनेको छ। त्यसका अलावा स्वतन्त्र पत्रकारहरुले पनि आफुलाई पत्रकारहरुको नेताका रुपमा स्थापित गर्न उम्मेद्वारी दर्ता गराएका छन्।

समग्रमा हेर्दा अहिले देशको राजनीतिक स्थिति झल्किने गरेर नेपाल पत्रकार महासंघको नेतृत्वका लागि चुनाब हुँदैछ , जुन मिनी जनमतसंग्रहका रुपमा हेर्न सकिने अवस्था छ।

भारतको नौमहिने नाकाबन्दी र लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्शालाई जारी गर्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही छ भन्ने राजावादी रास्ट्रिय प्रजान्त्र पार्टीको भात्री संगठन्देखी बैकल्पिक सत्ता नै संचालन गरेर ओलीको सत्ताविरुद्ध संघर्ष गरिरहेको तर अहिले ओलीसंग कुम मिलाउन पुगेको तर आफुलाई क्रान्तिकारी भन्न रुचाउने  बिद्रोही ने.क.पा. लगायतका राजनीतिक पार्टीका पत्रकारसंग सम्बन्धित भात्री संगठन ओली नेतृत्वको गठबन्धनमा समाहित भएका छन्भ।  यस समुहले आफुलाई प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूह भनेर दाबी गरिरहेको छ।

प्रतिनिधि सभा बिघटन गरेर प्रतिगमनको बाटो समातेको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध संघर्षरत सबै राजनीतिक दलको पत्रकार संगठनहरु अर्को गठबन्धन बनाएर चुनाबमा होमिएका छन्। यिनीहरुले ओली क्याम्पका पत्रकारहरुलाई नक्कली रास्ट्रवादीको रुपमा हेरिरहेका छन्।

आफुलाई राष्ट्रवादी भनेर दाबी गरिरहेको खिचडी गठबन्धनको नेतृत्व सचारिका समुहको अध्यक्ष भएर काम गरिसकेकी पोखरेली चेली निर्मला शर्माले गरेकी छिन। प्रगतिशील व्यावसायिक समूहको उम्मेदवारी नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी छन्।

महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन्। प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहेकी शर्माले उम्मेदवारी दिएकी छन्। चौतारी ओली नेमाले, जनापत्रकार संगठन विप्लब नेकपा र मिडिया नेपाल रास्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन हुन्

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन्।

यता नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गरेका छन्।यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराए।

राजनीतिक पार्टीका प्रतिनिधिका रुपमा खिचडी गठबन्धन बनाएर दुई समुहले चुनाबी मैदानमा उत्रिरहदा लामो समयदेखि आर्थिक पत्रकारको पहिचान बनाएका स्वतन्त्र पत्रकार गजेन्द्र बुढाथोकीले पनि नेपाल पत्रकार महासंघको आगामी अध्यक्षको रुपमा उम्मेद्वारी दर्ता गरेका छन्य।

त्यसो त बुढाथोकीले निर्बाचन समितिले तोकेको समय अबधिभित्र अध्यक्षका रुपमा एक्लै उम्मेद्वारी दर्ता गरेका थिए , तर निर्वाचन समितिले अर्को सुचना निकालेर उम्मेद्वारी दर्ता गर्ने समय दुई घण्टा थपेको जानकारी गराएका थिए र र सोही  समयमा अन्य गठबन्धनले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए।

बुढाथोकीले स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गरिरहदा खुल्ला उपाध्यक्षमा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो महासचिबमा राजेश मिश्र र कोषाध्यक्षमा प्रकाश थापाले पनि उम्मेदवारी दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 405 Viewed

प्रतिक्रिया दिनुहोस्