Spread the love

 

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन ।

सेप्टेम्बर १ तारीख मलेसिया स्थित एभिन्यू अपार्टमेन्टमा स्यालरीको बिषयमा बिबाद भए पछि रेकल सेक्युरिटी कम्पनीको सुपरभाइजरलाई सेक्युरिटी गार्डले कुटपिट गरेको र १ दिन पश्चात सुपरभाइजर ट्वाईलेट भित्र मृत अबस्थामा फेला परेको थियो । अनुशन्धनको लागि रेकल सेक्युरिटी कम्पनीका २ नेपाली सेक्युरिटी गार्ड पर्साका सुन बहादुर कामी र झापाका टंक प्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । यस घटनाको मुख्य दोशि यसै कम्पनीको सेक्युरिटी गार्ड एक भारतिय नागरिक भएको र उनी हाल सम्म फरार रहेको प्रारम्भिक अनुशन्धनबाट पुष्टि भएको नेपाली राजदुतावासकि वकिल दातिन खारेन जीत कउर एलसिएसले जानकारी गराइन ।

प्रारम्भिक अनुशन्धनको बयान र सिसिटिभी फुटेजको प्रमाणको आधारमा दुबै जना नेपाली सेक्युरिटी गार्ड पेतालीन जया अदालतले निर्देश ठहर गर्दै रेकल सेक्युरिटी कम्पनीको संचालनको जमानीमा उनिहरुलाई सेप्टेम्बर २० तारीख रिहा गरेको हो । रिहा पश्चात सुन बहादुर र टंक प्रसादलाई सुरक्षक्षा खतरा भएकोले आबश्यक परेको खण्डमा फेरी मलेसिया झिकाउने शर्तमा आज बिहान ९ बजे मलेसिया देखि नेपाल पठाईएको नेपाली राजदुतावासका जेल शाखा अधिकृत प्रतीक कार्कीले डिसि नेपाललाई जानकारी गराए ।

यस घटनाको खवर प्राप्त भएसंगै दुतावासले फलोअप, कानुनी सहायता र अथक प्रयास पछि उहाहरुलाई रिहा गर्न सफल भएकोमा दुतावास परिवार खुसि छौँ कार्कीले थपे ।

सुन बहादुर र टंक प्रसादको मलेसिया देखि नेपाल उडान भए पछि सुन बहादुका छोरा रुद्र बिकले जनासंचार संग फोनमा कुरा गर्दै हामीले कानुनी सहायताको लागि निबेदन गरेको केही दिन मै नेपाली दुतावास मलेसियाको अथक प्रयास र सहायताको कारण बुबाहरु रिहा हु सफल हुनु भयो धेरै खुसि छौं । नेपाली दुतावासलाई धन्यबाद दिदै यसै गरि दुतावासले पहल र सहायता गरेको खण्डमा कुनै पनि निर्दोश नेपालीले दुख नपाउने बिश्वास ब्यक्त गरे ।

अन्तिम पटक अध्यावधिक गरिएको 179 Viewed

प्रतिक्रिया दिनुहोस्