Spread the love

 

 

नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ।

उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको उज्ज्वल भबिस्यको मार्गचित्र तय गरेको र वर्तमान सरकारले “समृद्र नेपाल, सुखी नेपालीको” को परिकल्पना पूरा गर्ने बलियो आधार बनेको ब्यहोरा व्यक्त गर्नुभएको थियो।

मन्तव्य को क्रममा महामहिम राजदुत पाण्डेले वर्तमान संविधान कार्यन्वयन आएपछि नेपालले आर्थिक,सामाजिक ,राजनीतिक ,लगायतका विकासका पक्षमा उत्साहजनक प्रगति हासिल गरेको विषय समेत प्रस्तुत गर्नुभएको थियो ।

नेपाल र मलेसिया बिच कायम रहेको समुधर सम्बन्धको बारेमा आफ्नो सन्तुष्टि व्यक्त गर्दै दुई देश बीच श्रम, पर्यटन ,आर्थिक ,वाणिज्य ,सांस्कृतिक लगायतका बहुआयामिक क्षेत्रहरुमा अझ थप सहकार्य हुनुपर्ने मा जोड दिनुभएको थियो।

उक्त समारोहमा प्रमुख अतिथिको रुपमा मलेसियाका सहायक शिक्षामन्त्री Hon .Puan Teo Nie Ching ले आफ्नो मन्तव्यमा सम्माननिय रास्ट्रपति को सुस्वास्थ ,नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मलेसिया सरकार का उच्च पदस्थ अधिकारिहरु ,मलेसिया स्थित विभिन्न मुलुकका राजदुतहरु तथा विभिन्न कुटनिटिक नियोगका पदाधिकारी गैर आवासीय नेपाली संघ ,विभिन्न संघ सस्थाका प्रतिनिधि,पत्रकार लगायत हरुको उपस्थिति रहेको थियो ।

साथै visit Nepal २०२० को प्रबर्द्धन गर्ने उदेश्य ले नेपाल का सास्कृतिक नाच तथा नेपालीको प्रयटकिय स्थल हरुको फोटो झल्किने दृश्य हरु देखाइएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 179 Viewed

प्रतिक्रिया दिनुहोस्