Spread the love

हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने ललिपुरको इमाडोल स्थीत एबी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ताल्चा लगाएको छ । ल्याब सञ्चालक विनोद कापरीले ललिपुरका कृष्णलाल श्रेष्ठले ल्याब टेष्ट पछि क्षयरोगको रिपोर्ट दिएका थिए ।

त्यही रिपोर्टका आधारमा चलाएको औषधीले नकरात्मक रियाक्सन देखाएपछि पुन जिन एक्सर्पट मार्फत चेक गर्दा उनलाई क्षयरोग नै नभएको पुष्टि भएको थियो । यो बिषयमा एबी ल्याव सञ्चाल विनोद कापरीसँग लाइभ कुरा गर्दा उनले आफ्नो ल्याबको गल्ती नभएको र उल्टो हामीले गलत रिपोर्टीङ गरेको आरोप लगाए ।

 

हामीले एबी ल्याबको बिषयमा रिपोर्टीङ गरेपछि ललितपुरस्थीत जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यान आकर्षण गरायौँ । यस लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय ललिपुरबाट क्षयरोग विशेषज्ञसहित सरोकारवालाको टोलीले एबी ल्याबको अनुगमन गर्दा एबी ल्याब नै अवैध रहेको भेटिएको छ ।

एबी ल्याब संचालनका लागि स्वास्थ्य मन्त्रालय अन्तरगतका कुनै पनि निकायमा दर्ता भएको छैन । यति मात्रै हैनि ल्याबको लागि आवश्यक कुनै पनि पुर्वाधार छैन ।

साथै ल्याबले दिएको क्षयरोगको रिपोर्ट गलत भएको हामीेले यस अघिनै पुष्टि गरेका थियौ । जिल्ला जनस्वास्थ्य टोलिले समेत एबी ल्याबको विनोद कपारीले दिएको रिपोर्ट नै गलत भएको स्पष्ट पारे ।

एबी ल्याब अवैधानिक हुनुको साथै पुर्वाधार पनि नपुगेको भेटीएपछि अनुगमन टोलीले ल्याबको शिलबन्द गरेको छ ।

अनुगमन टोलि ल्याबको अनुगमनका लागि पुगेर पटक पटक विनोद कापरलाई बोलाउँदा समेत आँफु बाहिर रहेको भन्दै उनि आएनन् ।

अब सम्पुर्ण कानुनी प्रक्रिया सुरु गरेर ल्याब सञ्चालकलाई आवश्यक कारवाही गरिने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1004 Viewed

प्रतिक्रिया दिनुहोस्