Spread the love

चितवनको भरतपुर महानगरपालिका वडानम्बर ११ मा नेकपा मालेका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते भएका उनको नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको नेकपा मालेका चितवन जिल्ला सचिव परशुराम लामिछानेले जानकारी दिए ।

उनको कोखामा गोली लागेको छ । अस्पतालको शय्याबाट कुमालले भने, ‘भोट माग्दै हिँडेको थिएँ । असाध्यै गर्मी भएपछि भरतपुर-११ को क्यालपा भन्ने स्थानमा चौतारोमा साथीहरुसँग बसिरहेको बेला एक्कासी गोली लागेर लडें ।’

भरतपुर-११ बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको छ । त्यसतर्फ गइरहेका बेला उनीमाथि गोली लागेको हो । प्रहरीको तालिमको क्रममा झुक्किएर गोली लागेको आशंकालाई भने नेकपा माले चितवनले अस्वीकार गरेको छ ।

माले जिल्ला सचिव लामिछानेले भने, ‘तालिम केन्द्रभन्दा तीन किलोमिटर वरै गोली लागेको छ । तालिमको क्रममा होइन ।’

अन्तिम पटक अध्यावधिक गरिएको 993 Viewed

प्रतिक्रिया दिनुहोस्