प्रवास

ओमनमा मालिकबाट बलात्कृत नेपाली महिलालाई ७ लाख क्षतिपूर्ति

ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० वर्षीया नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् । रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् । अल बुरुएमी राजधानी मस्कटबाट झन्डै ३ सय २१ किमि टाढा पर्छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अलऐनसँग सीमा जोडिएको बुरुएमीमा ती महिला सात महिनादेखि घरेलु..

इराकबाट जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा, नेपाल फर्काउने तयारी

अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर्मनी हिंडेका उनीहरु दुई महिना पहिले टर्की हुँदै ग्रिस पुगेका थिए । ग्रिसबाट जर्मनी जाने तयारीमा रहेका उनीहरुलाई त्यहाँको प्रहरीले पक्रेर हिरासतमा राखेको थियो । उनीहरुलाई ग्रिसको लेभोस टापुबाट प्रहरीले पक्रेको थियो ।..

जापानमा एक नेपाली बिधार्थीको रहस्यमय निधन

गोरखा गण्डकी गाउँपालिका ७ चुर्लिङका डम्बरबहादुर गुरुङको जापानमा निधन भएको छ । सन् २०१५मा विद्यार्थी भिसामा जापान गएका गुरुङ आज बिहान आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्काल अस्पतालमा लगेपनि चिकित्सकले केहि बेरको उपचारपछि मृत घोषणा गरेका थिए । गुरुङको मृत्युको कारण भने प्रहरीले पोस्मार्टम पछि मात्र भन्न सकिने जानएको..

दुर्घटनामा परी कतारमा एक नेपालीको निधन

- आश गुरुङ, लमजुङ/ सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो । विगत ६ वर्षदेखि कतारको अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत गुरुङको जुलाई ३० तारिख (साउन १६ गते) सोमबारको दिन दिउँसो सवारी दुर्घटनामा..

नेपालीमूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की

पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसका कार्यकर्ताले भारतको सिलिगडी, नक्सलबाडीमा बसोबास गर्दै आएका नेपालीमूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सिलगुडी महकुमा परिषद एवं स्थानीय पञ्चायतको चुनावलाई लिएर तृणमूलका कार्यकर्ताले नेपालीहरुलाई धम्काउने र पक्राउसम्म गर्ने कार्य..

कुवेतमा एक नेपाली महिलाको मृत्यु

उपचारको क्रममा कुवेतमा एक नेपाली महिलाको ज्यान गएको छ। झापाको बाहुनडाँगीकी खेममाया लिम्बुको फ्रवानिया अस्पतालमा बिहीबार निधन भएको हो। लेवर क्याम्पको शौचालय जाँदा बेहोस भएको र तत्काल स्थानीय प्रहरीको सहयोगमा अस्पताल पुर्‍याइएको थियो। लिम्बु ५ वर्ष अघि कुवेत आएर तान्जिप्को क्लिनिङ कम्पनीमा कार्यरत..

नेपालीले पनि लिए मज्जा कोरियाको हिलो महोत्सवमा

विकास श्रेष्ठ सोल : कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ । थेछनको समुद्री किनारमा भइरहेको हिलो महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लागेको छ । विशेषगरी साप्ताहिक विदाको दिन पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गरिएको यस महोत्सवमा नेपालीहरु पनि जाने गरेका छन् । समुद्रको..

मलेसियामा प्रहरीलाई १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलान गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १०० रिंगेट घुस दिने प्रयास गरेका थिए। सो अभियोगबारे म्याजिष्ट्रेट सीतारुन निसा अब्दुल अजिजले..

कोरियामा फेरी एक् नेपाली युबकको

दक्षिण कोरिया : रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको बुधवार विहान ज्यान गएको छ । कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका पंगेनीको ज्यान गएको हो । झण्डै दुइ महिना अघि कोरिया आएका पंगेनीको मृत्यु भएको जानकारी जेजु प्रहरीले राजधानी सोलस्थित..

नेपालीभाषीको छातीमा ताकेर गोलीः २ को मृत्यु, १२ घाइते

पश्‍चम बंगाल सरकारले नेपालीभाषीमाथि फेरि गोली चलाएको छ । निर्दोष एक स्थानीय युवालाई सीआरपीएफले दार्जिलिङ सोनादामा शुक्रबार राति गोली हानेको हो । सुरक्षाकर्मीको गोलीबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका स्थानीय युवा टासी भुटियाको मृत्यु भएको हो । उनी बिरामी भाइलाई औषधि किन्‍न बजार जाँदै गरेका थिए । सीआरपीएफले निहत्था युवाको हत्या..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना