जनस्वास्थ्य सरोकार

गण्डकी प्रदेशमा एकैदिन ३८ जना कोरोना संक्रमित, जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका थुनुवामा पनि कोरोना पुष्टि

गण्डकी प्रदेशमा आइतबार बिहानसम्म संक्रमितको संख्या एकसय १३ पुगेको छ । शनिबार एकैदिन ठूलो संख्यामा  ३८ जना कोरोना संक्रमित थपिएसंगै गण्डकी प्रदेशमा संक्रमित संख्या एकसय १३ पुगेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०/१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक..

कोरोनाबाट एकैदिन दुई जनाको मृत्यु, सक्रमित संख्या ३२ सय नाघ्यो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको पनि..

कस्केली जनतालाई एकाबिहानै दु:खद खबर : पोखरा र रुपामा गरी तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौको ह्याम्स अस्पतालमा उपचाररत पोखरा -८ आलुमाइलाचोकका ५९ वर्षीय व्यक्तिमा कोरोना संक्रमण भएको खबर पाएका कस्केली जनताले शनिबार बिहानै कास्कीको रुपा गाउपालिकाका थप दुई जनामा कोरोना संक्रमण भएको नमिठो खबर सुन्नु परेको छ।  यो संगै गण्डकी प्रदेशको राजधानी रहेको पोखरा पनि कोरोना संक्रमणको खतराको सूचीमा उक्लिएको छ। पोखराको..

काठमाण्डौको ह्याम्स अस्पतालमा उपचाररत पोखराका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट थप एकको मृत्यु

हालसम्म कुनै कोरोना संक्रमित नदेखिएको गण्डकी प्रदेशको राजधानी पोखराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत ६० वर्षीय एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा जानकारी दिए।  सोही..

यस्तो छ, लक डाउन खुकुलो बनाउने जेठ २५ देखि भदौ मसान्तसम्मको कार्ययोजना

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ। समितिले बनाएको चरणबद्ध योजना अनुसार, १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, असार १ बाट..

सरकारले कोरोना बिमा कार्यक्रम घोषणा गर्यो, बिमा कम्पनीले बन्द गरे

कोरोना संक्रमितहरूको संख्या तीब्र गतिमा बढ्दै गैरहेको अवस्थामा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि  कोरोना बिमा कार्यक्रम लागू गर्ने घोषणा गरेको अवस्थामा शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि..

नेपालमा कोरोनाबाट दशौँ व्यक्तिको मृत्यु, संक्रमित संख्या २६ सय नाघ्यो

कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएका पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो  । यसैबीच प्राप्त पछिल्लो जानकारी अनुसार, पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस..

क्वारेन्टाइनस्थलमा नै दुई स्वास्थ्यकर्मी कुटिए, सिनियर अहेव आलमको टाउको फुट्यो

रौतहटको राजपुर नगरपालिका-९ राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टाइन स्थलमा नै दुई जना स्वास्थ्यकर्मी कुटिएका छन्। सोही क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको कुटाईबाट सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका छन्। आक्रमणबाट आलमको टाउको फुटेको छ। उनकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेकाे छ। पीसीआर परीक्षणको रिपोर्ट..

कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु, थपिए दुइसय नया संक्रमित, पुग्यो तेइस सय संक्रमित संख्या

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका उनको रिपोर्ट पोजेटिभ आएको छ..

कोरोना संक्रमणकाकारण पाकिस्तानी शिक्षा मन्त्री बलोचको मृत्यु

पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना