मुख्य समाचार

कश्मिर झडपमा चार जनाको मृत्यु, साठी घाइते

हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार स्थानीय प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा कम्तिमा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । प्रशासनद्वारा..

नौ जना बालबालिका अमेरिका पुर्याउने रजनी पक्राउ

नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई..

खुला आकाश सम्झौतामा भारतको आलटाल: सम्झौता नभए भैरहवा विमानस्थल चल्न नसक्ने

भैरहवा अन्तराष्ट्रिय विमानस्थल तीव्र गतिमा निर्माण भइरहे पनि नेपाल र भारतीच खुला आकाश सम्झौता  हुन नसक्दा यो विमानस्थल सञ्चालनमा समस्या हुने देखिएको छ । विमानस्थल निर्माणले गति लिँदै गए पनि सम्झौता गर्न भारतले आलटाल गरेको छ । भैरहवा विमानस्थलबाट जहाज उडान र अवतरण गर्दा केही भारतीय आकाश प्रयोग गर्नुपर्ने भएकाले यो सम्झौता विमानस्थल..

सरकारी भ्रमणको टिकट खरिद अनियमिततामा राजदुत सिफारिस भएका सुवेदीद्वयको संलग्नता

सरकारले राजदुतका लागि सिफारिस गरेका परराष्ट्र मन्त्रालयका दुई कर्मचारी प्रकाश कुमार सुवेदी र डा. दुर्गावहादुर सुवेदीका विषयमा संसदीय सुनुवाई समितिमा उजुरी परेको छ । सरकारले प्रकाश कुमार सुवेदीलाई अस्ट्रिया र दुर्गा बहादुर सुवेदीलाई बेलायतका लागि राजदुत सिफारिस गरेको छ । मन्त्रालय मातहतको विदेश भ्रमणकालागि बर्षौंदेखि एउटै ट्राभल..

रुकुमको जंगलमा मंगोल सेनाको तालिम, यसरी गर्दैछ युद्धको तयारी

१० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रूकुममा फेरि लडाइँको नाममा अभ्यास सुरू भएको छ । हतियारसहित लडाकुले पूर्वीरूकुममा ‘एक घर एक लडाकु’ अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ । पूर्वीगाविसमा मंगोल नेसनल पार्टीका कार्यकर्ताले हतियारसहित चन्दा आतंकसमेत मञ्चाउन थालेपछि स्थानीय जनता आतंकित भएका छन् । कम्ब्याट पोसाक र..

शशांकको स्वास्थ्यमा सुधारको संकेत, आँखा खोले

गम्भीर अवस्थामा ओम  अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधारको शंकेत देखिएको छ । अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा. लव जोशीले भने,’भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार मान्न..

तरकारी अनुगमनमा गएको टोलीमाथि आक्रमण

काठमान्डूको  बल्खु तरकारी बजारमा पुगेको मन्त्रीसहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन्। व्यापारीहरुले प्रयोग गरेको ढक तराजू दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इट्टा, लौका तथा मुलाले आक्रमण गरेका हुन्। आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको..

मानव तस्करीमा तानिए माओवादी केन्द्रका आठ सांसद

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा..

१९५० को सन्धि पुनरावलोकनको गृहकार्य थाल्न नेपाल र भारत सहमत

नेपाल र भारतको प्रबुद्ध समूह सन् १९५० को सन्धि पुनरावलोनका लागि गृहकार्य थाल्न सहमत भएका छन् । काठमाडौंमा दुई दिनसम्म चलेको नेपाल र भारतको प्रबुद्ध समूहको पहिलो बैठकमा १९५० को सन्धि पुनराबलोनबारे छलफल भएको थियो । बैठकमा सन्धि पुनरावलोनका लागि गृहकार्य थाल्ने सहमति भएको छ । बैठकपछि नेपाली टोलीका नेता भेषबहादुर थापाले भने, ‘१९५० को..

सुस्तामा निर्माण भइरहेको तटबन्धमा भारतीय अवरोध

 नवलपरासीको सुस्तामा निर्माण भइरहेको तटबन्धलाई भारतीय पक्षले अवरोध गरेको छ । अवरोधका कारण आठ करोड रुपैयाँको लागतमा भइरहेको तटबन्ध निर्माणकार्य रोकिएको छ । सुस्ता क्षेत्रमा भइरहेको नारायणी नदीको कटान रोक्न पाँच सय मिटर तटबन्ध निर्माण गर्ने कार्य भइरहेको थियो । त्यसअन्तर्गत ७५ मिटरमात्र निर्माणकार्य सक्न बाँकी रहँदा भारतीय एसएसबीका..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना