मुख्य समाचार

वैद्य माओवादीमा थप संकट : बादलको हस्ताक्षर अभियान, वैद्य अल्पमतमा

पार्टी एकताको विषयमा देखिएको विवादले वैद्य माओवादीभित्र थप संकट पैदा भएको छ । महासचिव रामबहादुर थापा बादलले आन्तरिक एकता र समग्र माओवादी एकताका विषयमा १४ बुँदे नयाँ प्रस्तावसहित हस्तक्षर अभियान शुरु गरेका छन् । बहुमत केन्द्रीय सदस्यले बादलको प्रस्तावमा प्रतिबद्धता र सहमति जनाउँदै हस्तक्षर गरेका छन् । यसले अध्यक्ष वैद्य र तत्काल..

नेपाल बार एसोसिएसन अध्यक्षमा शेरबहादुर विजयी, लोकतान्त्रिक समूहको वर्चश्व

कानुन व्यवसायीहरुको पेशागत संस्था नेपाल बार एसोसिएसनमा अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार शेरबहादुर केसी विजयी भएका छन्। प्रगतिशील समूहका उम्मदवार विजयकान्त मैनालीलाई १८३ मतले पछि पार्दै केसी विजयी भएका हुन् । केसीले ३७९८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी प्रगतिशील समूहका मैनालीले ३६१५ मत प्राप्त गरे । त्यस्तै..

नक्कली प्रमाणपत्रधारी १७ जनाको चिकित्सक दर्ता निलम्बन

नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ । काउन्सिलले उनीहरुविरुद्घ अदालत रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्मको लागि दर्ता निलम्वन गरेको हो । यस्तै अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णय समेत..

बालगृहका बालबालिकालाई कुकुरले नखाने हड्डी दिइएको खुलासा

दाताको रकममा रजाईं गर्दै आएका बालगृह सञ्चालकहरुले बालगृहमा रहेका बालबालिकालाई कुकुरले समेत नखाने हड्डी खुवाउने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार काठमौंका केही बालगृहहरुमा गरेकोे अनुगमनमा यस्तो पाइएको हो । बालबालिकालाई कुकुरले नखाने हड्डी खुवाउँदै गरेको बालगृहको नाम सार्वजनिक गर्न आनाकानी गरेका..

स्थानीय निर्वाचनलाई नसघाउन ब्रसेल्सबाट इन्टरनेशनल क्राइसिस ग्रुपको नेपालविरुद्ध अत्तर्राष्ट्रिय समुदायलाई आग्रह

: बेल्जियमको ब्रसेल्समा मुख्यालय रहेको इन्टरनेशनल क्राइसिस ग्रुप (आइसीजी) ले संविधान कार्यान्वयन शुरु गर्दा हुनसक्ने हिंसाको जोखिम कम गर्न र पुनर्मिलनलाई प्रवर्द्धन गर्न भन्दै नेपालमा हुनेस्थानीय निर्वाचनलाई सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । आइसीजीले तराई–मधेसमा आन्दोलनरत समूह सहमतिको मार्गचित्रमा नआएसम्म..

विप्लव माओवादीको विद्यार्थी संगठनले शैक्षिक माफियाको फोटोसहितको नामावली सार्वजनिक गर्ने

यही चैत २४ गतेदेखि धक्कापूर्ण प्रतिरोध संघर्ष गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारीले शैक्षिक क्षेत्रका माफियाहरुको विवरण संकलन गरी शैक्षिक माफियाको फोटोसहितको विवरण  पर्चा, पम्प्लेट र होर्डिङ बोर्ड मार्फत सार्वजनिक गर्ने भएको छ । पोखरामा सम्पन्न सो संगठनको केन्द्रीय समिति..

आठ लाखमा बेचिँदै भूकम्पपीडित बालबालिका

बेलायती एक पत्रिकाले भूकम्पपीडित नेपाली बालबालिका करिब आठ लाख नेपाली रुपैयाँमा किनबेच भएको खुलासा गरेको छ । वैशाख १२ गते गएको भूकम्पमा परी परिवार गुमाए पनि बाच्न सफल नेपाली बालबालिका बेलायती परिवारले किन्ने गरेको खुलासा उक्त पत्रिकाको छ । १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई बेलायती परिवारले किन्ने गरेको खबरमा उल्लेख छ । गिरोहले..

एमालेमा वामदेवपक्ष असन्तुष्ट, विद्रोहको तयारी

पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ । झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ । अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी..

विष्टलाई कारबाही गरेपछि राप्रपा नेपालमा कुटाकुट

राप्रपा नेपालमा दुई नेताहरुबीच कुटाकुट भएको छ । सहअध्यक्ष केशरबहादुर विष्ट कारबाही प्रकरणलाई लिएर राप्रपा नेपालको कोटाबाट उप-सभामुख बनेका गंगा यादव र उपाध्यक्ष राजीव पराजुलीबीच कुटाकुट भएको हो । वीरगन्ज बैठकले सह-अध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षको लागि निलम्बनको घोषणा गरेसँगै पार्टीभित्र तीब्र असन्तुष्टि छाएको छ । एक पक्षले..

भारत र ईयूको वक्तव्य होइन विष हो: उपप्रधानमन्त्री केसी

उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले भारत र ईयूको संयुक्त वक्तव्य विषको संज्ञा दिएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले आइतबार चितवनमा कार्यकर्तासँगको भेटघाटका क्रममा भने, ‘भारत र ईयूको वक्तव्य मन्द विषको रुपमा आएको छ । नेपालका दल मिलेर यसको सामना गर्नुपर्छ ।’ केसीले वक्तव्य..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना