मुख्य समाचार

काठमाडौंको खानेपानी दिसा मिश्रित

हालै गरिएको एउटा परिक्षणका अनुसार राजधानीमा उपयोग गरिने खानेपानी मध्ये करिव आधा जतिमा दिसा मिसिएको अवस्था छ । हैजा प्रसारको प्रमुख श्रोत खानेपानी समेत भएकोले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले टैकर, रिजर्भ टंकी, जारको पानी लगायत बाट संकलित ९६ वटा पानीको नमुना परिक्षण गरेको थियो । उक्त नमुना मध्ये ४६ वटामा कोलिर्फम अर्थात दिसा को..

सरकारको विवादले राप्रपा र राप्रपा नेपालको एकता भाँडियो

प्रचण्ड सरकारमा सहभागी हुने कि नहुने भन्ने विवादसँगै पूर्व पञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको पार्टी एकता भाँडिएको छ । दुई राप्रपाको पार्टी एकता घोषणा भोलिका लागि तय भएको थियो । तर, त्यसको अघिल्लो दिन सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले भोलि हुने भनिएको कार्यक्रममा सहभागी नहुन..

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु

काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि चुच्चे भीरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी सुत्केरी उद्धार गर्न काठमाडौंबाट गएको हेलिकप्टर दिउँसो साढे १२ बजेपछि दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको..

चित्रबहादुर केसीले प्रचण्डलाई भने- सिंहासनमा राख्नेहरुले भुईँमा पछार्छन्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जयजयकार गर्नेहरुबाट सतर्क रहन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । संसदमा नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिने क्रममा राजमो अध्यक्ष केसीले आफूहरुले त राम्रो काम गर्दा प्रशंशा गर्ने गरेको बताए । उनले भने, ‘संविधान बनाउने बेला कमरेड प्रचण्डले जुन हिम्मत देखाउनु भयो । मैले यही..

बालबालिकाले बसपार्कमा रोकी राखेको बसमा आगजानी गरे !

पर्वतको कुश्मामा निर्माणधिन बसपार्कमा रोकी राखेको बसमा आगजानी भएको छ । आइतबार साँझ  ग १ ख ४९३६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगोलागी हुदाँ बसपार्कमा रहेका अन्य २ सवारी साधनमा समेत क्षति भएको प्रहरीले जनाएको छ । ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा सामान्य क्षेती भएको प्रहरीको भनाइ छ..

जनकपुर गुठीको जग्गा भारतीयको कब्जामा

जनकपुरमा गुठी संस्थान अधीनस्त जग्गा अवैधरुपमा बिक्री भइरहेको आरोप लागिरहेका बेला गुठीको जग्गा एक भारतीय नागरिकले अवैधरुपमा कब्जा गरेको रहस्य बाहिर आएको छ । गुठी संस्थानको अधीनमा रहेको गिरनारी कुट्टीको जग्गामा एक भारतीय नागरिकले वर्षौंदेखि कब्जा जमाएर बसेको तथ्य सार्वजनिक भएको हो । जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गिरनारी..

हतियारसहित सैनिक फरार भएपछि सुदूरपश्चिममा खैलाबैला!

डोटीको राजपुरस्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियारसहित फरार भएको खबर सार्वजनिक भएको छ । अत्याधुनिक हतियारसहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भएपनि नेपाली सेनाले भने पुष्टि गरेको छैन । फरार सैनिक जवानको नाम पनि खुल्न सकेको छैन । हतियारसहित सेनाको जवान फरार भएकोबारे एकीन गर्न..

विप्लव माओवादीका प्रवक्ताको तर्क-प्रचण्डले ओलीको भन्दा खत्तम काम गर्छन्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादी केन्द्रमा आवद्ध नभएका माओवादी समूहका नेता कार्यकर्ताले के सोचिरहेका होलान् ? यसबारे हामीले विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई टेलिफोन गरेर सोध्यौं- ‘माओवादी नेता प्रचण्डको नेतृत्वमा सरकार बनेको छ, यसबारेमा..

संघीयताले राष्ट्रियता फुटाउने खतरा बढ्यो: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले राष्ट्रियता फुटाउने खतरा बढ्दै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पार्टी काठमाडौँले गरेको कार्यक्रममा बोल्दै केसीले देशले संघीयता सम्हाल्न नसक्ने भएकाले राष्ट्रियतामाथि खतरा बढाएको बताएका हुन् ।पूर्वउप्रधानमन्त्री समेत रहेका केसीले अहिले सिङ्गो देशलाई सम्हाल्न..

ओली सरकारले सिफारिस गरेका १४ राजदूत फिर्ता

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये राजनीतिक दलको कोटाबाट गएकाहरुको नाम वर्तमान सरकारले फिर्ता लिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना