मुख्य समाचार

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

काठमाडौं, १९ पुस । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ। यो खबर हामीले आजको कारोबार दैनिकाट लिएका..

बालसुधार गृहका बालबन्दीले कुट्दा, तीन प्रहरी घाईते

बालसुधार गृहका बन्दीले ३ सुरक्षाकर्मीलाई कुटपिट गरी सख्त घाइते बनाएका छन् । पोखरा - २६ सराङकोटस्थित बाल सुधार गृहका बन्दीले आइतबार राति ३ सुरक्षाकर्मीलाई घेराबन्दीमा पारी कुटपिट गरेका हुन् । कुटपिटबाट असई समशेर गैरे, प्रहरी जवान तीलक आले र दीपेन्द्र जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी..

संघीय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेलाई टेरेनन् सहसचिवले

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले कार्यभार सम्हालेकै दिन साउन ३० गते गरेको निर्णय साढे चार महिना बित्दा पनि लागू हुन सकेको छैन । उनले सातवटै प्रदेशमा दुईदुई सहसचिवलाई स्थानीय निकायको सघन अनुगमन गर्न सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा पठाउने निर्णय गरेका थिए । पञ्जीकरण विभागका महानिर्देशक सहसचिव अनिलकुमार..

जुटेन सत्ता- विपक्षी सहमति, २०७४ माघभित्र तीन निर्वाचन गर्न सरकारसँग ओलीद्वारा कार्ययोजना माग

संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने विपक्षी र पारित गराएरै छाड्ने सत्तापक्षको अडानबाट नेताहरू टसमस नभएपछि सहमति जुटाउने तीन शीर्ष नेतृत्वको प्रयास असफल भएको छ । एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर संसद्को गतिरोध अन्त्य गर्न सुझाव दिए पनि सरकारले प्रस्ताव पारित गरी मुलुकलाई निर्वाचनमय बनाउन आग्रह गरेको थियो । एमाले अध्यक्ष..

उत्तराखण्डमा जिप दुर्घटना, एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु

बैतडी, १८ पुस । भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनामा सोही परिवारकै..

संविधान संशोधन विधेयक रोक्न सर्वोच्चद्वारा अस्वीकार(आदेशको पूर्णपाठ)

सर्वोच्च अदालतले संविधान संशोधन विधेयक अन्तरिम आदेश जारी गरी रोक्न अस्वीकार गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वर खतिवडाको इजालसले संसद सचिवालयमा दर्ता भएको विधेयक प्रक्रियागत रुपमा अगाडी बढ्ने भएकाले अदालतबाट आदेश जारी गर्न नपर्ने भनेको हो। सर्वोच्चको यो आदेशसँगै प्रतिपक्षी एमालेले  "संविधान संशोधन प्रस्ताव..

तीनदल छलफल – संशोधन विधेयक तत्काल बलपूर्वक अघि नबढाइने

काठमाडौं , १८ पुस। सत्तारुढ दलले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक तत्काल बलपूर्वक टेबल नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ ।सोमबारको संसद बैठक अघि प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । यद्यपि दलहरुले आ-आफ्नो अडान कायमै राखेकाले कुनै सहमति..

सिंहवरवारमा तीन दलका शीर्ष नेताबीच वार्ता सुरु

काठमाडौं, १८ पुस । प्रमुख तीन दलका शीर्ष नेताबीच वार्ता सुरु भएको छ । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहवरवारमा वार्ता सुरु भएको हो । बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको..

बाराको पथलैयामा बस दुर्घटना, २ जनाको मृत्यु ५४ घाईते

बारा, १८ पुस  । बाराको पथलैया नजिक दुधौरा पुलमा आइतबार रातीे बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५४ जना घाईते भएका छन् । नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही..

पश्चिमी वायूले देशभर चिसो बढ्यो, कतै असिना त कतै बर्षा र हिमपात

काठमाडौं, १८ पुस । जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेको छ । सोमबार पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना छ । शनिबार र आइतबारको हिमपातका कारण पहाड  र हिमालीक्षेत्रको जनजीवन प्रभावित भएको छ । उत्तरी धादिङको विभिन्न क्षेत्रमा असिना पानी परेको छ भने केही..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना