मुख्य समाचार

उत्तराखण्डमा जिप दुर्घटना, एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु

बैतडी, १८ पुस । भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनामा सोही परिवारकै..

संविधान संशोधन विधेयक रोक्न सर्वोच्चद्वारा अस्वीकार(आदेशको पूर्णपाठ)

सर्वोच्च अदालतले संविधान संशोधन विधेयक अन्तरिम आदेश जारी गरी रोक्न अस्वीकार गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वर खतिवडाको इजालसले संसद सचिवालयमा दर्ता भएको विधेयक प्रक्रियागत रुपमा अगाडी बढ्ने भएकाले अदालतबाट आदेश जारी गर्न नपर्ने भनेको हो। सर्वोच्चको यो आदेशसँगै प्रतिपक्षी एमालेले  "संविधान संशोधन प्रस्ताव..

तीनदल छलफल – संशोधन विधेयक तत्काल बलपूर्वक अघि नबढाइने

काठमाडौं , १८ पुस। सत्तारुढ दलले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक तत्काल बलपूर्वक टेबल नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ ।सोमबारको संसद बैठक अघि प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । यद्यपि दलहरुले आ-आफ्नो अडान कायमै राखेकाले कुनै सहमति..

सिंहवरवारमा तीन दलका शीर्ष नेताबीच वार्ता सुरु

काठमाडौं, १८ पुस । प्रमुख तीन दलका शीर्ष नेताबीच वार्ता सुरु भएको छ । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहवरवारमा वार्ता सुरु भएको हो । बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको..

बाराको पथलैयामा बस दुर्घटना, २ जनाको मृत्यु ५४ घाईते

बारा, १८ पुस  । बाराको पथलैया नजिक दुधौरा पुलमा आइतबार रातीे बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५४ जना घाईते भएका छन् । नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको बस दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही..

पश्चिमी वायूले देशभर चिसो बढ्यो, कतै असिना त कतै बर्षा र हिमपात

काठमाडौं, १८ पुस । जम्मु काश्मिर हुँदै भूमध्य सागरबाट आएको पश्चिमी वायूको प्रभावका कारण देशभर चिसो बढेको छ । सोमबार पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षासँगै हिमपातको सम्भावना छ । शनिबार र आइतबारको हिमपातका कारण पहाड  र हिमालीक्षेत्रको जनजीवन प्रभावित भएको छ । उत्तरी धादिङको विभिन्न क्षेत्रमा असिना पानी परेको छ भने केही..

संसद बैठकअघि शीर्ष नेताहरु छलफलमा

काठमाडौं, १८ पुस । व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल हुने भनिएपनि समय भने तय भएको छैन । सोमबार..

छैन नागरिकता त्याग्नेको विवरण

काठमाडौं, १८ पुस । आजसम्म ठ्याक्कै कतिजनाले नेपाली नागरिकता त्याग गरे ? गृह मन्त्रालयसँग यसको यकिन तथ्थांक छैन । होस् पनि कसरी । देशभरीका जिल्ला प्रशासन कार्यालयले पठाउने मासिक रिपोर्टमा अन्य धेरै विषयवस्तु समेटिएपनि नागरिकता कतिले त्यागे भन्ने विवरण कि त पठाईदैन अथवा पठाइएपनि पूर्ण विवरण हँदैन । मन्त्रालयको नागरिकता फाँटका उपसचिव..

उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय

काठमाडौं, १८ पुस । आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो । आव ०७१/७२ मा कुल उपभोग खर्च जीडीपीको..

माओवादी केन्द्रलार्इ २६ लाख घाटा

काठमाडाैं, १८ पुस । सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयेगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ । केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख  ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा  २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ । आर्थिक बर्ष सकिएको छ महिनाभित्र रहेक बर्ष..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना