मुख्य समाचार

‘अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु’

काठमाडौं, ११ पुस । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने बताएका छन् । प्रहरीलाई जनताले त्रासको रुपमा लिने गरेको उल्लेख गर्दै उनले अब जनताको विश्वासपात्र बन्नुपर्ने बताए । ललितपुरको मंगलबजारमा निर्मित महानगरीय प्रहरी प्रभागको भवन उदघाटन गर्दै महानिरीक्षक..

संघारमा नयाँ ध्रुवीकरणः राप्रपाको एकता, कांग्रेसको सीमा र कम्युनिष्टको विभाजन

निर्वाचन आयोगमा दर्ता भएको पछिल्लो दल हो- नयाँ शक्ति पार्टी, नेपाल । यसको दर्ता नं १८३ थियो । त्यसपछि के कति दल दर्ता भए वा भएनन्, थाहा छैन । तर, १८३ नै काफी संख्या हो । यति धेरै दल किन र केका लागि ? लोकतन्त्रमा दल बनाउने अधिकार सबैलाई छ । त्यसको अर्थ औचित्यसिद्ध नहुने दल पनि बनाई बस्नुपर्छ भन्ने छैन । कतिपयले नेपालजस्तो ‘सानो’ र ‘थोरै जनसंख्या’..

समितिको निर्देशन बिपरित अझै घटेन इन्धनको मूल्य

काठमाडौँ, ११ पुस ।  संसदीय समिति मातहतको उपभोक्ता हित सम्बन्ध उपसमितिले इन्धनको मूल्य स्थगन गर्न दिएको निर्देशन तीन दिन बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ । आयल निगम आफैले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएपछि बिहिीबार बसेको उपसमिति बैठकले बढेको मूल्य स्थगन गर्न आपूर्ति मन्त्रालय र निगमलाई..

तामाकोसी सेयरले कार्यकर्ता पोस्ने तयारी

सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयरबाट कार्यकर्ता पोस्ने तयारी गरेको छ। उसले आयोजनालाई ऋणका रुपमा दिएको ११ अर्ब रुपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाँड्न लागेको हो। कात्तिक तेस्रो साता तामाकोसी आयोजनास्थल आकस्मिक निरीक्षणमा..

थरुहट तराई पार्टी फुट्यो, गंगा चौधरीले खोलिन् नयाँ पार्टी

दुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ । र, सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन् । उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन् । ४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको छ । चौधरी..

माधवकुमार नेपाल पत्नी गायत्रीसँग माफी माग्यो, परराष्ट्रले

परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरूको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ । नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्के लगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरू नेपाल..

वीरगञ्ज कारागारमा चक्कु प्रहारः पाँच कैदी घाइते

वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । चक्कु प्रहारबाट घाइते हुनेमा कारागारमा रहेका वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ , बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डितले उनीहरुको हात, पाखुरा र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन्..

लगानी बोर्डको ढिलासुस्तिमा सांसदहरुको आपत्ति

काठमाडौँ, १० पुस । लगानी बोर्डले अगाडि बढाएका आयोजना प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भनी सांसदहरुले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सांसदले ठूला जलविद्युत् आयोजना एवम् भौतिक पूर्वाधारको विकासका लागि बोर्ड स्थापना गरिए पनि पछिल्ला दिनमा बोर्ड सुस्ताएको आरोप लगाए । पाँच महिनादेखि बोर्डको बैठक..

संविधान संशोधन थाती राखेर चुनाव घोषणा गर्न सरकारलाई कांग्रेसको सुझाव

नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर भए पनि तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकमा यस्तो सुझाव आएको हो । बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने निर्णय गरेको छ । बैठकपछि..

प्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी

काठमाडौं, १० पुस । पुनर्निर्माण प्राधिकरणका दुई जना सहसचिवको सरुवा भएको छ । यो सरुवासँगै प्राधिकरणमा उच्च तहका कर्मचारी केही समय आउने र सरुवा हुने क्रम बढको छ । सामान्य प्रशासन मन्त्रालयले विदेशी समन्वय तथा नीति निर्माण महाशाखा प्रमुख सहसचिव रामप्राद थपलिया र ग्रामीण आवास तथा बस्ती विकास महाशाखाका रामचन्द्र श्रेष्ठको सरुवा भएको हो..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना