मुख्य समाचार

पार्टीमाथि दमन गर्ने सरकारी सडयन्त्रबिरुद्ध विप्लव माओवादी प्रदर्शनमा

काठमाडौं, २१ माघ । सरकारले माओवादी पार्टीमाथि निगरानी र धरपकड र दमन बढाउने तयारी थालेको भन्दै त्यसको विरोधमा नेकपा (माओवादी) ले शुक्रबार प्रदर्शन गर्ने भएको छ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले एक विज्ञप्ति जारी गर्दै राज्यको दमनकारी नीतिबिरुद्ध आफ्नो पार्टी शसक्त प्रतिरोधको मार्गमा आगाडि बढ्ने चेतावनी दिएका छन्..

विप्लव माओवादीको महाधिवेशन तयारी अन्तिम चरणमा

काठमाडाैँ, २१ माघ । नेकपा (माअाेवादी)का अगामी फागुन १ गतेदेखि सुरु हुने लागेकाे महाधिवेशनकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । हालै बसेकाे केन्द्रीय समितिकाे बैठकले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे निष्कर्ष निकालेकाे हाे । बैठकमा पेस गरेकाे सदस्यता संख्याका अाधारणमा महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक करिब एक हजार वरिपरी पुग्ने..

चुनावको तयारीका लागि सरकारले आयोगलाई पत्र पठाउँदै

काठमाडौं, २१ माघ ।  स्थानीय चुनावको तयारी गर्न सरकारले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले शुक्रबार आयोगलाई पत्राचार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले वैशाख अन्तिम हप्तादेखि जेठ १० गतेभित्र स्थानीय चुनाव सक्ने गरी तयारी थान निर्वाचन आयोगलाई..

थ्रेसहोल्डबारे विवाद मिलाउने प्रयासमा दलहरू

काठमाडौं,२१ माघ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउनका लागि कति मत ल्याउनुपर्ने अर्थात थ्रेसहोल्ड कति प्रतिशत राख्ने भन्ने विवाद मिलाउने प्रयास गरिरहेको छ । यस विषयमा टुंगो लगाएर संसदको आउँदो बैठकमा पेश गर्ने तयारी भैरहेको समिति अन्तर्गतको उपसमितिका सदस्य रामेश्वर फुयाँलले जानकारी दिए । ठूला..

हतियार र बन्दोबस्तीका सामानको उत्पादन बढाउन सुझाव

काठमाडौं, २१ माघ । नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन्..

विद्यार्थी संगठनका बहालवाला अधिकांश पदाधिकारी स्ववियु उम्मेद्‌वार बन्न अयोग्य

काठमाडौं, २१ माघ । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेद्‌वार बन्न योग्य छैनन्। प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन्। यो खबर हामीले..

दशगजामा निर्माण गरेको पक्की सडक भत्काउन भारतको निर्देशन

भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन्। भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत..

देश टुक्राउने अभिव्यक्ति दिने सिके राउत जनकपुरबाट पक्राउ, राउतको ‘नेटवर्क’ बारे प्रहरीको २६ पृष्ठको प्रतिवेदन तयार (प्रतिवेदनसहित)

स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत पक्राउ परेका छन् । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा रहेका राउतलाई प्रहरीले छापा मारेर पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहले पत्रमार्फत् सिके राउतलाई पक्राउ गरी सहयोग गरिदिन आग्रह गरेपछि धनुषा प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई सिराहा नै पठाइने धनुषा प्रहरी..

कुमारी आमा’ ले वच्चा जन्माइन्,महिला विकासकी कर्मचारीले लगिन्,अस्पतालमा कर्मचारीको जागिर चट्

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुस २६ गते एक युवती गर्भवती गराउन आइपुगिन् । उनको साथमा अरु कोहि थिएनन् । उनी एक्लै थिइन् । उनको गर्भमा रहेको बच्चाको बाबु पनि को थिए अस्पतालका कर्मचारीलाई थाहा भएन । अस्पतालकै कर्मचारीको शब्दमा उनी ‘कुमारी आमा ’ थिइन् । अर्थात् विना बैवाहिक सम्बन्ध उनी गर्भवती भइन् र बच्चा जन्माउन आएकी थिइन् ।..

फुटपाथका पसलमाथि महानगरले धावा बोल्यो, काटियो ७ दिने पत्र

काठमाडौं,२० माघ  ।  शहरको मुख्य बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छ । उनीहरु हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी सामान फिँजाएर बस्छन् र सार्वसाधारण भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता छ । महानगर प्रहरीले बेला-बेला सामान उठाएर लैजान्छ । तर, फुटपाथ अझै व्यापारीकै कब्जामा छ । विना सम्झौता चलेका यस्ता पसलले महानगरलाई..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना