मुख्य समाचार

नाकबन्दीबारे मोर्चाकै नेताको मत बाँझियो

जारी नाकाबन्दी र मधेस आन्दोलन बारे मधेसीमोर्चाका नेताहरुकै फरक–फरक अभिब्यक्ती सर्बजनिक भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र  मोर्चाको साझेदार तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नाकाबन्दी र आन्दोलन बारे आ–आफ्नै तर्क गरेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी..

राष्ट्रिय भेला सकिन नपाउँदै वाइसिएलभित्र तीब्र विवाद

एमाओवादीको भातृ संगठन वाइसिएल नेपालभित्र तीब्र विवाद देखिएको छ । यही माघ १० गतेमात्रै पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको वाइसिएलमा समावेशी ढंगले नेतृत्व चयन नगरिएको भन्दै केहि असन्तुष्टहरुले संगठनबाटै राजीनामै दिएका छन् । राजीनामा दिनेहरुमा प्रदेश नम्बर ७ बाट प्रतिनिधित्व गरि उपाध्यक्ष बनाइएका लिला शर्मासहित ९ केन्द्रीय सदस्य..

विप्लवको नजरमा आफ्नो एक वर्षे कार्यकाल

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा–माओवादीवाट अलग भएर पार्टी गठन गरेको एक वर्ष पार गरेको छ । विप्लवले एक वर्ष पहिला प्रचण्डले धोका दिएको र वैद्यले हिम्मत नगरेको भन्दै क्रान्तिका बाँकी काम पुरा गर्ने भनेर नेकपा माओवादी गठन गरेका थिए । उनले ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा अगाडि सारेका छन् । यही कार्यदिशामा मध्यम वर्गलाई गोलबन्द गर्दै..

भारतको नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न ठीक्क परेको जेट एयरको जहाजमा बम रहेको हल्ला भएपछि उठान रोकिएको छ । अपरिचित समूहले टेलिफोन गरेर जेट एयरको बिमानमा बम रहेको जानकारी गराएपछि उडान रोकिएको जनाइएको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट मध्यान्ह १२ बजे उड्ने तयारी गरेको जहाजमा बम राखेको सूचना टेलिफोनमा सुरक्षा..

संविधान संशोधनको भारतबाट स्वागत

मधेसमा उत्पन्न समस्याको सम्बोधन गर्न शनिबार गरिएको संविधान संशोधनको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले आइतबार निकालेको संक्षिप्त विज्ञप्तीमा नेपालमा संविधान संशोधन हुनुलाई सकारात्मक कदमकारुपमा उल्लेख गरेको छ ।भारतले अन्य महत्वपूर्ण विषयहरुमा पनि रचनात्मक संवादबाट सम्बोधन गर्दै सहमतिमा पुग्ने विश्वास लिएको छ..

मधेस समाधानका लागि नयाँ संविधानमा पहिलो संशोधन

मधेस आन्दोलनलाई समेत सम्बोधन गर्न संविधानसभाले जारी गरेको नेपालको संविधानमा पहिलो संशोधन भएको छ। संसद् शनिबार राति बसेको बैठकले दुई तिहाई बहुमतबाट संविधान संशोधन विधेयक पारित गरेको हो। नयाँ संविधान जारी भएको चार महिनापछि संविधानमा पहिलो संशोधन भएको छ।  मतदानमा उपस्थित कुल ४६८ सांसदमध्ये संशोधनको पक्षमा ४६१ मत परेको थियो भने..

ट्याक्टरको लाईसेन्स वितरणमा अख्तियारको निगरानी

करीव एक वर्षदेखि रोकिदै आएको ट्याक्टर लाईसेन्स परीक्षा सोमवारदेखि पोखरामा सुरु भएपछि अख्तियार क्षेत्रीय कार्यालयले त्यसको प्रत्यक्ष निगरानी गरेको छ । कार्यालयले दुईदिनसम्म गरेको निगरानीमा कूल ३ सय ४६ प्रशिक्षार्थीमा १ सय ३७ जना उत्तीर्ण भएका छन् भने २ सय ९ जना फेल भएका छन् । प्रतिव्यक्ति ३ हजारका दरले पैसा उठाएर लाखौं रुपैयाँ अपचलन..

मोर्चा र एमालेको हठले रंगेलीमा तीनको मृत्यु, छानविन गर्न समिति

मोरङ जिल्लाको रंगेली बजारमा भएको हिंसात्मक झडपमा परी दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । त्यसैगरी प्रहरीको गोली लागेर उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएका बरडंगा गाविस २ का ४२ वर्षीय..

नेपाली सेनासँगै अमेरिकी सैनिकको तालिम

नेपाली र अमेरिकी सेनाको एकमहिने संयुक्त तालिम एवम् सैन्य अभ्यास आजदेखि छाउनीस्थित महावीर गण, तालिम शिविर नगरकोट र नागार्जुनमा सुरु भएको छ । तालिममा मानवअधिकार तथा युद्ध कानुन, सैन्य निर्णय प्रक्रिया, सहरी क्षेत्रमा मानवीय तथा सैन्य कारबाहीलगायत विषयमा संयुक्त अभ्यास हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेना र अमेरिकी सेनाको विशेष..

नेपालका पार्टीहरु एमाले-एमाओवादी ऋणमा, काँग्रेस नाफामा

प्रमुख तीन दलमध्ये एमाले र एकीकृत माओवादी घाटामा र काँग्रेस नाफामा रहेको पाइएको छ । दलहरुले निर्वाचन आयोगमा बुझाएको आम्दानी खर्चको विवरणअनुसार त्यस्तो देखिएको हो । काँग्रेसले गत वर्ष ८ करोड ५४ लाख १३ हजार ५८५ रुपैयाँ आम्दानी गरेको छ । आम्दानीको श्रोतमा सदस्यता नवीकरण, लेबी र व्यक्तिगत चन्दा सहयोग उल्लेख छ । आजको नयाँ पत्रिकामा समाचार छ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro